Comments Add Comment

मुख्यमन्त्रीकप ब्याडमिन्टन प्रतियोगितामा बुटवलको वर्चश्व

३ पुस, बुटवल । प्रदेश ५ स्तरीय मुख्यमन्त्री कप तथा खुल्ला ब्याडमिन्टन प्रतियोगितामा बुटवल ब्याडमिन्टन क्लबले बर्चश्च कायम गरेको छ ।

बुटवलले प्रदेशस्तरीय मेन्स डबल्स भेटान्स ४५ माथि, प्रदेश मेन्स सिगल र प्रदेश मेन्स डबल्समा उपाधि हात पारेको हो ।

त्यस्तै खुल्ला तर्फको मेन्स डबल्समा पोखराका विदान अधिकारी र विशाल बस्नेतले उपाधि हात पारेको हो । अधिकारी र बस्नेतको जोडीले बुटवलका गणेश रायमाझी र विश्वास नेपालको जोडीलाई पराजित गर्दै उपाधि हात पारेका हुन् ।

उपाधिसँगै उनीहरुले नगद ५० हजार पुरस्कार पाएका छन् । उपविजेतामा चित्त बुझाएको नेपाल र रायमाझीको जोडीले नगद ३० हजार पाएको छ ।

यसैगरी नेपाल पुलिसका विष्णु कटुवाल र अनिस श्रेष्ठ तथा पोखराका विशाल खड्का र सुमन लिम्बुले तेस्रो हुँदै २० हजार पाएका छन् ।

बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा भएको प्रतियोगिताको मेन्स डबल्स भेटान्समा बुटवलका गणेश चन्द र श्याम पराजुलीको जोडीले उपाधि हात पारेको छ । यो जोडीले पुरस्कारवापत ३० हजार पाएको छ । उपविजेता बनेको बुटवलकै ध्रुव बिक्रम शाह र वीरेन्द्र सिह बिष्टको जोडीले २० हजार पाएको छ ।

प्रतियोगितामा भैरहवाका कृष्ण राना र धिरज क्षेत्री तथा पाल्पाका महेश बज्राचार्य र मिन गुरुङ्गको जोडी तेस्रो भएर १० हजार पुरस्कार पाए ।

प्रदेशस्तरीय मेन्स सिंगलतर्फको खेलमा बुटवलका गणेश रायमाझीले नेपालगंजका इरफान अन्सारीलाई पराजित गर्दै ३० हजार पुरस्कार पाए । उपविजेता ईरफान नगद २० हजार पाए ।

प्रदेशस्तरीय मेन्स डबल्सतर्फको खेलमा बुटवलका गणेश रायमाझी र विश्वास नेपालले बुटवलकै दीप आर्चाय र पंकज ज्ञवालीको जोडीलाई पराजित गर्दै उपाधि हात पारे । उपाधिसंगै जोडीले नगद ५० हजार पाएको छ । उपविजेता आचार्य र ज्ञवालीको जोडी नगद ३० हजार पाए ।

नेपालगञ्जका इरफान अन्सारी र सरोज अन्सारीको जोडी र विलाल बारसी र रियाज अन्सारीको जोडी तेस्रो हुदै जनही नगद २० हजार पुरस्कार पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment