Comments Add Comment

ट्रम्पको विवादित पारिवारिक कोष बन्द

४ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादित फेमिली च्यारिटी फाउन्डेसन बन्द हुने भएको छ । पारिवारिक कोषको रकम गैरकानुनी तरिकाले प्रयोग गर्दै आएको आरोप ट्रम्प र उनका छोराछोरीलाई लाग्दै आएको छ ।

यसबारे विवाद बढ्दै जान थालेपछि डोनाल्ड ट्रम्पले आफ्नो फेमिली च्यारिटी फाउन्डेसन बन्द गर्न राजी भएको बीबीसीले जनाएको छ ।

ट्रम्प फाउन्डेसनलाई अब भंग गर्ने र त्यसको बाँकी रहेको कोषलाई अर्को कुनै च्यारिटीलाई बाँडिने छ । अमेरिकी राष्ट्रपति र उनका छोराछोरी इवान्का र एरिकलाई न्यूयोर्कको कुनै पनि च्यारिटीमा बोर्ड सदस्यसमेत बन्न नपाउने गरी प्रतिवन्ध लगाइएको छ ।

यसअघि न्यूयोर्कका महान्यायाधीवक्ता बारबरा अन्डरवुडले यस विषयमा ट्रम्प परिवारविरुद्ध मुद्दा हालेका थिए । ट्रम्पले आफ्नो व्यापारिक र राजनीतिक फाइदाका लागि फाउन्डेसनलाई प्रयोग गरेको आरोप बारबरा अन्डरवुडको छ ।

यद्यपि फाउन्डेसनका वकिलले भने महान्यायाधीवक्ता बारबरा अन्डरवुडले राजनीतिकरण गरेको आरोप लगाएका छन् ।

ट्रम्प र उनका परिवारका सदस्यहरुविरुद्ध जारी कानुनी लडाइँ यो पहिलो भने होइन । यस्ता खालका धेरै मुद्दाहरुले ट्रम्प परिवारका सदस्यहरुलाई अप्ठ्यारोमा पार्दै आएको छ ।

२०१६ मा राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपको मुद्दा सबैभन्दा ठूलो हो । यसबारे एफबीआईका प्रमुख रोबर्ट मुलरको नेतृत्वमा अनुसन्धान जारी छ ।

च्यारिटी फाउन्डेसन बन्दको घोषणा गरिए पनि ट्रम्प र उनका सन्तान इवान्का र एरिकविरुद्ध मुद्दा जारी रहने अन्डरवुडले बताएका छन् ।

ट्रम्पको फेमिली फाउन्डेसनलाइई धेरैजसो आर्थिक सहयोग दाताहरुमार्फत प्राप्त हुन्छ । राष्ट्रपति चुनावमा पनि ट्रम्प परिवारले राजनीतिक हतकण्डाको रुपमा यही कोषको रकम प्रयोग गरेको अन्डरवुडले आरोप लगाएका छन् ।

अन्डरवुडले भनेका छन् यस फाउन्डेसलाई अब कानुनी तरिकाले भंग गरिने छ र यसको सम्पती महान्यायाधीवक्ताको कार्यालयबाट स्वीकृत प्रतिष्ठित संस्थाहरुमा बाँडिने छ । यो कानुनको ठूलो जित हो । यसबाट स्पष्ट हुन्छ कानुनको नजरमा सबै बराबर छन् ।

डोनाल्ड ट्रम्प र उनका परिवारका सदस्यहरुबाट भने यसबारे अझै कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment