Comments Add Comment

पूर्वप्रधानमन्त्री गिरीको अन्त्येष्टि आज

४ पुस, काठमाडौं । मंगलबार निधन भएका पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको आज अन्त्यष्टि गरिने भएको छ ।

पशुपतिस्थित विद्युतीय शवदाह गृहमा ३ बजे अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । त्यसअघि दुई बजेसम्म उनको शव बूढानीलकण्ठस्थित निवासमै राखिने छ ।

गिरीले आफ्नो दाहसंस्कार पशुपतिको विद्युतीय शवदाह गृहमा गर्न भनेका थिए । उनकै आग्रहअनुसार शवदाह गृहमा अन्त्यष्टि गर्न लागिएको हो ।

गिरीको ९३ वर्षको उमेरमा मंगलबार बिहान बूढानीलकण्ठस्थित निवासमा निधन भएको थियो ।

पूर्वप्रधानमन्त्री भए पनि उनलाई सलामी दिइने छैन । निधनअघि उनले सलामी नदिन र सर्वसाधारणको जस्तै गरी अन्त्येष्टि गर्न भनेका थिए ।

यो पनि पढ्नुहोस् 

पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन

डा. तुलसी गिरीसँग गाँसिएका केही किस्सा !

‘पञ्चायतकी आमा’सँग टिपिएको डायरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment