Comments Add Comment

विद्यालयको ट्यांकीमा विद्यार्थी मृत फेला

४ पुस, काठमाडौं । दैलेखको नारायणनगरपालिका–१ स्थित सनराइज बोर्डिङ स्कुलको पानी ट्यांकीमा एक विद्यार्थी मृत फेला परेका छन् ।

६ वर्षीय हिक्मत शाही विद्यालयको तल्लो तलामा रहेको पानी ट्यांकीमा बुधबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय, दैलेखले पुष्टि गरेको छ ।

यूकेजीमा अध्ययनरत शाही मंगलबार दिउँसो १ बजेबाट हराएका थिए । लगत्तै विद्यालय तथा प्रहरीले उनको खोजी थालेका थिए । तर, उनी मंगलबार बिहानै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मृत बालक आफैं ट्यांकीमा परेका हुन् या यसमा कसैको संलग्नता छ भन्ने खुलेको छैन ।  प्रहरीले यसबारे अनुसन्धान थालेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment