Comments Add Comment

‘प्रेमदिवस’ वैशाख १३ मा, के ‘दाल भात तरकारी’सँग जुध्ला ?

चलचित्र ‘प्रेमदिवस’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । निर्देशक योगेश घिमिरेले यो चलचित्र वि.सं २०७६ सालको वैशाख १३ गतेबाट चलचित्र रिलिज गर्ने बताएका छन् । यो चलचित्रमा नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी मुख्य भूमिकामा छन् । म्यूजिकल लभ स्टोरी कथामा बनेको चलचित्रलाई वैशाख १३ मा रिलिज गर्ने गरि तयारी थालिएको निर्देशक घिमिरेले बताए । संजय न्यौपाने यो चलचित्रका निर्माता हुन् ।

यो मितिमा मह संचार र किरण केसीले बनाएको चलचित्र ‘दाल भात तरकारी’ पनि रिलिज हुने कुरा छ । यो बिषयमा घिमिरे भन्छन्–‘खै मलाई त्यो कुरा थाहा भएन । हामी वैशाख १३ मा आउने गरि तयारीमा छौ ।’

उनले, यो बिषयमा ‘दाल भात तरकारी’का निर्मातासँग कुरा गर्ने योगेशले बताए । उनले दुई ठुला चलचित्र एकसाथ जुध्न नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment