Comments Add Comment

रायोको साग अर्थात् पोषण तत्वको भण्डार

रायोको साग भनेपछि कतिपयले नाक खुम्च्याउने गर्छन् । तर, यो संसारकै दोस्रो बढी पोषणयुक्त तरकारीमा पर्छ ।

रायोको सागलाई पकाएर, काँचै सलादको रुपमा र सिजिनिङ गरेर पनि खान सकिन्छ । तर, यसलाई धेरै पकाउनु भने हुँदैन । बढि पकाउँदा यसको पोषणतत्व हटेर जाने सम्भावना हुन्छ ः

फाइदै फाइदा

– रायोको साग गर्भवती महिलाका लागि निकै लाभदायक हुन्छ । यसमा प्रचुर भिटामिनको मात्रा हुने भएकाले वाकवाक आउने, बान्ता हुने र टाउको दुख्नेजस्ता समस्याबाट बचाउँछ ।

– निमोनिया, फोक्सोको इन्फेक्सन, रुघाखोकी लाग्ने मानिसले पनि रायोको साग सेवन गर्दा राहत मिल्छ । यसबाट प्राप्त हुने ‘भिटामिन सी’ ले यस्ता खालका दिर्घ रोगिलाई औषधीकै काम गर्छ ।

– बाथको रोगीलाई पनि रायोको सागले राहत प्रदान गर्छ । यसमा हुने कपरले शरिरको दुखाइलाई कम गर्छ ।

– पिसाब नलिको पत्थरीबाट पनि रायोको सागले बचाउने काम गर्छ ।

– रायोको सागले डन्डीफोर, छालासम्बन्धि विभिन्न इन्फेसनबाट बचाउँछ ।

– रायोको सागमा पाइने ‘भिटामिन के’ ले प्रोस्ट्रेट, कोलोन, पेट, नाक र मुख क्यान्सरको जखिमलाई कम गर्छ । यसले कलेजो क्यान्सरका विरामीलाई पनि फाइदा पुर्याउँछ ।

– मुटुसम्बन्धी समस्या छ भने पनि रायोको साग खान नछुटाउँदा राम्रो हुन्छ । यो सागले मुटुको विरामीलाई राहत प्रदान गर्छ ।

– यसले शरीरका विकार पदार्थलाई निस्कासन गर्नका लागि समेत सहयोग पुर्याउँछ । त्यति मात्र होइन यसले स्मरणशक्ति बढाउनमा पनि भूमिका खेल्छ ।

– रायोको सागमा ‘भिटामिन ए’ को मात्रा प्रशस्त हुन भएकाले आँखालाई स्वस्थ राख्नका लागि सहयोग पुर्‍याउँछ । आँखाको लागि ‘भिटामिन ए’ अपरिहार्य तत्व हो । यसले रतन्धोलगायत आँखामा हुने समस्याको सम्भावनालाई पनि दुर गर्ने काम गर्छ ।

– रायोको सागमा ‘भिटामिन-के’ प्रशस्त मात्रामा पाइन्छ । यसले हाडलाई आवश्यक पर्ने खनिज प्रदान गर्छ । त्यति मात्र नभएर रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुने समस्यालाई पनि रोक्ने गर्छ । हड्डी खिइने समस्या छ भने पनि रायोको साग अमृत सावित हुन सक्छ ।

पाइन्छ अनेक भिटामिन

रायोको सागमा भिटामिन के, ए, सि, इ, बि वन, बी टु, बि थ्री, प्रोटिन, म्याग्नेसियम, इइरन, फस्फोरस, प्यान्टोथेनिक एसिड, फाइबर, फोलेटलगायतका पोषण तत्व हुने गर्छ । जसले शरिरलाई पूर्ण रुपमा स्वास्थ राख्नका लागि मद्दत पुर्याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment