Comments Add Comment

नेकपा बैठकमा मागः प्रधानमन्त्री ओली र नेता नेपालले आत्मालोचना गर्नुपर्छ

४ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा एसिया प्यासिफिक सम्मेलनमा सरकारी संलग्नतामाथि नेताहरुले प्रश्न उठाएका छन् । उनीहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आत्मालोचना गर्नुपर्ने माग गरेका छन् ।

युनिभर्सल पिस फेडेरेसनले काठमाडौंमा गरेको सम्मेलनमा वरिष्ठ नेता नेपालले अध्यक्षता गरेका थिए भने विदेशी पाहुनालाई निम्तो प्रधानमन्त्रीकै तर्फबाट पठाइएको थियो । सम्मेलनमा सरकार सहआयोजकको हैसियतमा थियो र प्रधानमन्त्री ओली स्वयम् सम्मेलन अवधिभर होटलमै बसेर भेटवार्ताहरु गरेका थिए ।

स्थायी कमिटीमा राजनीतिक प्रतिवेदनमाथि जारी छलफलमा भाग लिने अधिकांश नेताहरुले विवादास्पद सम्मेलनमा सरकारको सहभागितामा प्रश्न उठाएका हुन् ।

बुधबारको बैठकमा देव गुरुङ, रघुवीर महासेठ, भीम आचार्य, रघुजी पन्त, वर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र पुष्प कँडेलले आफ्नो धारणा राखेका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपालसँग नजिक मानिएका नेताहरुले नै एसिया प्यासिफिक सम्मेलनमा सरकारको सहभागिताको चर्को आलोचना गरेका छन् । सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतले नेतृत्वले आत्मालोचना गर्नुपर्ने माग गरेका छन् ।

पहिलो दिन नै बोलेका अग्नि सापकोटाले नेतृत्वले सार्वजनिकरुपमै आत्मालोचना गर्नुपर्ने माग गरेका थिए भने मंगलबार लिखित धारणा राखेका भीम रावल युनिभर्सल पिस फाउन्डेसन, उसका गतिविधिबारे ५ पृष्ठ लामो चर्चा गर्दै नेतृत्वले सम्मेलनमा सहभागी भएर शिर निहुराएको टिप्पणी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment