Comments Add Comment

संसदीय समितिले माग्यो स्थानीय तहको रिक्त जनप्रतिनिधिको संख्या

४ पुस, काठमाडौं । संसदको राज्य व्यवस्था समितिले देशभरी जनप्रतिनिधिको कति संख्या रिक्त छ भन्ने यकीन तथ्यांक निर्वाचन आयोगसँग माग गरेको छ ।

बुधबार समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापा र प्रमुख जिर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसँग छलफल गरी समितिले रिक्त जनप्रतिनिधिको यकीन तथ्यांक माग गरेको हो ।

प्रमुख आयुक्त यादवले स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाअध्यक्ष गरी ३० पद रिक्त रहेको बताए पनि देशभरीका निर्वाचित निकायमा हाल कति पद रिक्त छन् भन्ने यकीन तथ्यांक छैन । सांसदहरुले अनौपचारिक तथ्यांकअनुसार स्थानीय तह, प्रदेशसभा र जिल्ला समन्वय समितिमा गरी ६९३ जनप्रतिनिधि खाली रहेको दावी गरेका छन् ।

समितिको निर्देशनमा भनिएको छ ‘कहाँ कहाँ कति खाली छ, रिक्त पदहरु यकीन तथ्यांक संकलन गरी समितिमा पेश गर्ने ।’

समितिले जनप्रतिनिधि रिक्त रहेको ठाउँमा पदपूर्तिका लागि कानूनमा भएको व्यवधान फुकाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

बुधबारको बैठकमा प्रमुख आयुक्त यादवले प्रदेशसभाको निर्वाचनको मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई भए पनि स्थानीय तह र जिल्ला समन्वय समितिको मिति तोक्ने अधिकार नभएको बताए ।
उनले निर्वाचन आयोगलाई कानूनी अधिकार नभएकाले धेरै जनप्रतिनिधिको पद रिक्त रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment