Comments Add Comment

वीरगञ्ज भन्सारबाट सवारीसाधनमा आवातजावत गर्न नपाइने

४ पुस, वीरगञ्ज । वीरगञ्ज भन्सारबाट सवारीसाधनमा आवातजावत गर्न नपाइने भएको छ । तस्करी र बेथितीलाई रोक्न भन्दै बुधबारबाट सवारीसाधनमा आवजात गर्न भन्सार कार्यालयले रोक लगाएको हो ।

आवतजावत गर्दा सवारीसाधनबाट उत्रिएर तोकेको स्थानबाट पैदल यात्रा गर्न भन्सार कार्यालयले मंगलबार सूचना जारी गरेको छ । तर, बृद्धबृद्धा र अपाङगता भएकाहरुलाई भने यो नियम बाध्यकारी नहुने कार्यालयले स्पष्ट पारेको छ ।

देशकै बढी राजश्व उठाउने नाका भएकोले भन्सार व्यवस्थित गर्न यात्रु लेन बनाइएको कार्यालयका प्रमुख प्रशासक श्यामप्रसाद भण्डारीले बताए । ‘भन्सार जाँचपासलाई सहज गर्ने, यात्रुहरुले लिएर आएको समानको चेकजाँचमा सहज होस भन्ने उद्देश्य हो,’ उनले अघि भने, ‘टेम्पुमा सिटमुनी सामान लुकाएर ल्याइन्छ, यहाँ देखिएका बेथितिलाई रोक्न खोजेका हौं । भन्सार छलेर ल्याइने समान नियन्त्रणमा लिन सहज हुन्छ भनेर यसो गरिएको हो ।’

वीरगञ्ज भन्सार नाकाबाट हुने पोके तस्करी नियन्त्रण गर्नसमेत यात्रु लेन प्रभावकारी हुने उनको तर्क छ । स्थानीय राजनीतिक दलबाट नै यसको विरोध भएको बताउँदै उनले छलफलबाट सहमति निकालेर अघि बढ्ने बताए ।

यता, भन्सार क्षेत्रमा सर्वसाधरणलाई अनावश्यक दुःख दिएको भन्दै वीरगञ्ज भन्सार कार्यालयको मुल गेटमा युवाहरुले प्रदर्शन गरेका छन् । उनीहरुले भन्सार प्रशासनबिरुद्ध नाराबाजीसमेत गरेका छन् ।

आन्दोलनकारीले दिउँसो वीरगञ्ज भन्सार क्षेत्रमा झण्डै एक घण्टा प्रदर्शन गरेका थिए । संघीय समाजवादी फोरम नेपालका वीरगञ्ज नगर अध्यक्ष इश्वर यादवको नेतृत्वमा गएका युवाहरुले भन्सार प्रशासनले सर्वसाधरणलाई अनावश्यक दुःख दिन नयाँ नियम लगाएको आरोप लगाउँदै विरोध प्रदर्शन गरेका हुन् ।

जनप्रतिनीधिसँगसमेत परामर्श नगरी भन्सार कार्यालयले मनोमानी गर्दै नियम लगाएकोले बिरोध गरिएको उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment