Comments Add Comment

के जिन्दगीदेखि निराश हुनुहुन्छ ? अपनाउनुस् सात उपाय

मानिसको जीवन सँधै एकनास हुँदैन । समयक्रममा विभिन्न उतारचढावको सामना गर्नुपर्छ । जस्तोसुकै अवस्थामा आफुलाई बलियो राख्ने व्यक्ति नै अन्ततः सफलताको शिखरमा पुग्न सक्छ ।

कठिन समयमा पनि आफूलाई बलियो र खुशी कसरी राख्ने त ? यसका लागि तपाईंलाई हामी केही टिप्स दिन गइरहेका छौं । यी टिप्सहरुलाई आत्मसात गर्नुभयो भने तपाईंले आफूलाई जीवनका हरेक मोडमा खुशी र सन्तुष्ट राख्न सक्नुहुन्छ ।

१. स्वयमकाे पहिचान

हरेक व्यक्तिमा कुनै न कुनै विशेष क्षमता हुन्छ । त्यसैले आफूलाई कहिल्यै अरुसँग तुलना गर्नु हुँदैन । बरु आफ्नै विशेष गुणको पहिचान गर्ने प्रयास गर्नुपर्छ । आफ्नै व्यक्तित्वप्रति कौतुहलता र रुची जगाउनुपर्छ । कुनै कारणविना अरुसँग तुलना गरेर आफुलाई दुःखी नबनाउनुस । आफैलाई बुझ्ने प्रयास गर्नुस ।

२. केलाई प्रथामिकता ?

प्राय मानिसले त्यस्ता कुरालाई बढि महत्वका साथ सम्झने गर्छन्, जसले कुनै खुशी दिदैन । यसबाट बच्नका लागि आफ्नो प्राथमिकताको विषय पहिचान गर्न जरुरी हुन्छ । या भनौ बढि खुशी मिल्ने कुरालाई प्राथमिकतामा राख्नुपर्छ । हामी अरुको सम्बन्धमा उदार र लचिलो हुन्छौँ । जुन राम्रो हो । तर, आफ्नो जीवनलाई अर्थपूर्ण र सम्बृद्ध बनाउने कुरामा पनि त्यत्तिकै लचिलो हुनुपर्छ । अनि प्राप्त गर्न सकिन्छ खुशी ।

३. उपलब्धिको उत्सव मनाउनुस्

जब अरु कसैले सफलता पाउछँ, हामीले प्रशंसा वषर्ाउँछौँ । तर, आफ्नो सफलताको भने नजरअन्दाज गर्छौँ । आफुले प्राप्त गरेका हरेक साना-ठूला सफलतालाई मनबाटै स्वीकार गर्नुपर्छ । र, त्यसको उत्सव बनाउनुपर्छ । यो सफलता कहाँबाट प्राप्त भयो भन्नेमा धेरै नघोरिनुस । यस्तो गतिविधिले खुशी मात्र राख्दैन कि नयाँ-नयाँ चुनौतिको लागि स्वयम्लाई प्रेरित गर्ने काम गर्छ ।

४. स्वास्थ्यको विशेष ख्याल

अस्वस्थ शरिरबाट सुख पाउन निकै कठिन हुन्छ । तपाई शरीरिक र मानसिकरुपले स्वस्थ भएमा दिनचर्या पनि राम्रो बित्छ । त्यतिबेला आफ्नै शरिरले पनि तपाईलाई धन्यबाद दिन्छ । शरिर फिट भएमा आफैप्रति अत्यधिक सन्तुष्ट र खुशी हुन सक्नुहुन्छ । त्यसैले, आराम पनि गर्नुस् र काम पनि ।

५. रुचीलाई ज्यूँदो राख्नुस्

हामी आफ्नो दैनिक काममा निकै व्यस्त हुन्छौँ । तर, आफैभित्र भएका खुशीका स्रोतहरुलाई भने बेवास्ता गरिरहेका हुन्छौँ । त्यसैले, आफ्नो रुचीको सूची बनाउनुस् । त्यस्ता रुचीमा घुम्ने, पेन्टिङ, गायन, घर सजाउने, घरपालुवा जनावरको साथमा समय विताउने, लेख्ने, पढ्नेजस्त हुन सक्छन् ।  आफुलाई रुची लागेका कामको लागि जसरी पनि समय निकाल्नुस् ।

६. आफैलाई चुनौति दिनुस्

कहिलेकाहीँ आफ्नो रेडिमेड दिनचर्याबाट थोरै समय निकालेर कुनै नयाँ काम गर्दा जीवनमा नवीनता र तजापन थपिन्छ । यस्ता काम अविस्मरणीय पनि हुन जान्छन् । त्यसैले त्यस्तो काम गर्नुस जुन तपाईले पहिला कहिल्यै गर्नुभएको छैन । दैनिक कामलाई पनि नयाँ तरिकाबाट गर्ने प्रयास गर्नुस् । त्यस्तै, नयाँ भाषा सिक्ने, खेल खेल्ने, नयाँ मानिसलाई भेट्ने, नयाँ प्रयोग गर्ने, नयाँ विषय पढ्ने जस्ता गतिविधिले तपाईलाई खुशी दिलाउँछ ।

७. स्वयम्सँगको मित्रता बढाउनुस्

आफ्नो आफैसँगको सम्बन्ध जव मित्रताले भरिएको हुन्छ तव मात्र हामी खुशी र सुखि रहन सक्छौं । जसरी हामीले आफ्नो साथीको गल्तिलाई क्षमा गर्छौ, त्यसरी नै आफुले आफैलाई पनि हृदयदेखि नै क्षमा गर्नुपर्छ । तव मात्रा जिवनको कठिनभन्दा कठिन परिस्थितिमा पनि एक्लो र अधुरोपनको महसुस हुँदैन ।

(मनोविद् खानसँग गरिएकाे कुराकानीमा आधारित )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment