Comments Add Comment

गोविन्दलाई निर्माता संघबाट बर्खास्त गर्ने निर्णय

चलचित्र निर्माता संघले आफ्ना संघका उपाध्यक्ष गोविन्द शाहीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको छ । चलचित्र निर्माता संघको कार्यसमिती बैठकले उनलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेपनि पत्र भने नकाटिसकेको वुझिएको छ ।

यस बिषयमा निर्माताले संघले पत्रकार सम्मेलन नै गरेर जानकारी गराउने बुझिएको छ । चलचित्र निर्माता संघको वैठकमा उपस्थित नभएको, संघ संस्थामा बसेर निर्मातासँग नै लफडा गरेको उजुरी परेपछि संस्थाको विधान अनुसार बर्खास्त गर्ने निर्णय गरिएको श्रोतले बताएको छ ।

केही समय अगाडि शाहीले एक निर्मातालाई आफूले वितरण गरेको चलचित्रसँग जुधाएको भन्दै सार्वजनिक कार्यक्रममा हात हालेका थिए । यस्तै, चलचित्र संघमा पनि उनले वितरक गोपाल कायस्थमाथि हात हालेका थिए ।

चलचित्र निर्माता संघमा ‘लिलिबिली’को बिषयमा उजुरी परेपनि त्यो अझै सल्टिएको छैन । चलचित्रका निर्माताद्धय मिलन चाम्स र सुदिप खड्काले शाहीसँग ८५ लाख रुपैयाँको माग गर्दै निर्माता संघमा उजुरी दिएपनि यो मुद्दा सुल्झिएको छैन । यो बिषयमा दुबै पक्षको भर्नाइ फरक–फरक सार्वजनिक भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment