Comments Add Comment

टोटनहृयाम ईएफएल कपको सेमिफाइनलमा

५ पुस, काठमाडौं । टोटनहृयामले ईएफएल कप फुटबलमा आर्सनललाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ ।

बुधबार राति भएको क्वाटरफाइनल खेलमा टोटनहृयामले आर्सनललाई २-० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको हो । टोटनहृयामको जितमा डेले अली र सोन हेउङ मिनले गोल गरे ।

खेलको २०औं मिनेटमा नै हेउङ मिनले गोल गर्दै टोटनहृयामलाई अग्रता दिलाएका थिए । खेलको पहिलो हाफसम्म एक गोलले अघि रहेको टोटनहृयामले आर्सनलविरुद्ध दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो ।

खेलको ५९औं मिनेटमा टोटनहृयामका अलीले गोल गर्दै २-० को जित दिलाएका हुन् ।

त्यस्तै, ईएफएल कपअन्तर्गत नै भएको अर्को क्वाटरफाइनलमा चेल्सीले बर्नेमाउथलाई १-० गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।

चेल्सीको जितमा इडेन हजार्डले खेलको ८४औं मिनेटमा गोल गरे । उनकै गोलको कारण चेल्सीले सेमिफाइनल यात्रा तय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment