Comments Add Comment

सबै मानिस शाकाहारी भएमा रोग र मृत्यु दर घट्छ ?

मीठो-मसिनो खानेकुराको प्रसंग आउनसाथ हाम्रो भान्सामा मासुजन्य परिकार पाक्ने गर्छ । चाडपर्व, जमघट, उत्सवलाई रसिलो बनाउन हामी मासुको साथ खोज्छौं । पशुपंक्षीको मासु नै हाम्रो लागि मीठो परिकार हो ।

तपाईं कुनै रेष्टुरेन्टको मेनुमा आँखा दौडाउनुहोस्, ननभेज परिकारको सूची लामो देख्नुहुनेछ । कुनै भोज-भत्तेरमा पुग्नुहोस्, मासुकै परिकारले प्लेट भरिभराउ हुनेछ । कम्तीमा पनि सप्ताहन्त मासु खानैपर्ने प्रचलन हाम्रो समाजमा छ । यी पृष्टभूमीलाई हेर्ने हो भने ठोकुवा गर्न सकिन्छ, हामी मांशहारी छौं ।

अब हिसाब-किताब गरौं, हामी दिनहुँ कति मासु उपभोग गर्छौं ? हामीले उपभोग गर्ने मासुका खातिर कति पशुपंक्षी मारिन्छ ? यत्तिका पशुपक्षीको हत्या र त्यसको सेवनबाट मानव स्वास्थ्य एवं पर्यावरणमा कस्तो असर परिरहेको छ ?

यो कुरामा किनपनि सोच्नुपर्ने बेला भएको छ भने, मासुजन्य परिकारको सेवन मानव स्वास्थ्यका हिसाबले हानिकारक मात्र छैन, पर्यावरणका लागि पनि । पछिल्लो समय जसरी जलवायु परिवर्तन र पर्यावरण दुषित हुँदै गएको छ, त्यसमा मासुजन्य उपभोगलाई पनि  एक प्रमुख कारक मानिएको छ ।

त्यसो त अहिले एकाथरीले शारीरिक रुपमा पोषक तत्व आपूर्तिको लागि मासु अनिवार्य भनी तर्क गर्ने गरेका छन् । प्रोटिन, फ्याट, आइरन जस्ता पोषक तत्वको स्रोत हो मासु । अन्नपात एवं सागसब्जीको अभाव टार्न समेत मासु खानुपर्ने अवस्था पनि छ ।

तर, जब तपाईं कुनै रोगको उपचार गर्न अस्पताल पुग्नुहुनेछ, चिकित्सकले कतिपय खानेकुरा नियन्त्रण गर्न सुझाव दिन्छन् । र, अक्सर यस्ता खानेकुरामा मासुजन्य परिकार पर्छ । खासगरी रातो मासु । जबकी हामीले उपभोग गर्ने मासुको प्रकारमा धेरैजसो रातो मासु नै पर्छ । यसमा खसी, बोका, रागा, भैंसी, सुँगुर आदि पर्छ ।

चिकित्सकहरु के पनि भन्छन् भने, मासुबाट जुन पोषक तत्व प्राप्त हुन्छ, त्यो अन्य सागसब्जीबाट पनि प्राप्त गर्न सकिन्छ । अर्थात मासु निर्विकल्प स्रोत होइन । त्यसैले सन्तुलित भोजनका लागि मासुमै निर्भर हुनुपर्छ भन्ने छैन ।

अब रह्यो स्वादको कुरा । मासुजन्य परिकार मात्र स्वादिलो हुन्छ भन्नु आफैमा भ्रम हो । स्वादमा विविधता खोज्ने र जिब्रोलाई नयाँ स्वादमा अभ्यस्त गर्ने हो भने अनेकथरी सागसब्जी फेला पर्छ ।

शारीरिक स्वास्थ्यका लागि मासु त्यती उपयोगी नहुने त पुष्टि नै भइसकेको छ । धेरैजसो रोगमा तपाईंले मासुको उपभोग कटौती गर्नै पर्छ ।

अझ महत्वपूर्ण कुरा त के भने, हाम्रो शरीरको संरचना मासुको लागि अनुकुल नभएको बताइन्छ । मासु पचाउन पाचन यन्त्रले धेरै भार व्यहोर्नुपर्छ । मासु लामो समयमा मात्र पच्छ । त्यसमाथि मासुका लागि जनवारको छनौट गर्ने, बध गर्ने, भण्डारण गर्ने, पकाउने कुरामा हामी अस्वस्थ्यकर विधी अपनाउँछौं । यसले गर्दा मासु हाम्रो लागि रोगको भण्डार बन्ने गर्छ ।

मासुको खपत पूर्णत ठप्प भयो भने मुटुको रोगी, मधुमेह, स्ट्रोक र केही किसिमको क्यान्सर पनि पटक्कै हुनेछैन । यस्तो अवस्थामा विश्वभरबाट स्वास्थ्य उपचारका लागि जति खर्च हुन्छ, त्यो बचत हुनेछ ।

यी भए, शारीरिक स्वास्थ्यको कुरा । मासुजन्य परिकारको उपभोगले पर्यावरणमा पनि नकारात्मक असर परिरहेको छ । एउटा आलेखमा के दावी गरिएको छ भने, ‘यदि सन् २०५० सम्म विश्वका मानव समुदाय शाकाहारी भए भने हरेक बर्ष ७० लाख कम मृत्यु हुनेछ । त्यसैगरी पशुसँग जोडिएको उत्पादन पूर्णत खपत गर्न छाडियो भने हरेक बर्ष ८० लाख कमको मृत्यु हुनेछ ।

अक्सफोर्ड मार्टिन स्कुल फ्युचर अफ फुड प्रोगामको एक रिसर्चबाट यो तथ्यांक तयार गरिएको छ । रिसर्चर मार्को स्पि्रगम्यानका अनुसार खाद्य सामाग्रीसँग जोडिएको उत्सजनमा ६० प्रतिशतको गिरावट आउनेछ । यो रेड मिटबाट मुक्तिको कारण हुनेछ । किनभने रेड मिड मिथेन ग्यास उत्सर्जित गर्ने पशुबाट प्राप्त हुन्छ ।

कोलम्बियामा इन्टरनेशनल सेन्टर फर ट्रपिकल एगि्रकल्चरमा काम गर्ने एन्ड्र्यु जर्विस भन्छन्, ‘विकसित देशमा शाकाहारी हुनु निकै फाइदाजनक छ । यो पर्यावरण र स्वास्थ्य दुबैका लागि फाइदा छ ।’

चार सदस्य भएका मांशहारी परिवारले दुई वटा कारले भन्दा बढी ग्रीन हाउस ग्यास छोड्छ । उदेगलाग्दो चाहि के छ भने, जब ग्लोबल वार्मिङको कुरा गरिन्छ, तब कारलाई दोष दिइन्छ, मासु खानेहरुलाई होइन । यही कारण ग्रीन हाउस ग्यास उत्सर्जन बढी हुन्छ । बि्रटेनका फूड सेक्युरिटी विज्ञ टिम बेन्टन भन्छन्, ‘हाम्रो खानपानको प्रवृत्तिले हाम्रो माहौलमा असर पर्छ । तर, यसमा कसैको ध्यान जाँदैन ।

हामीले पूर्ण रुपमा मासु छाड्न सकेनौ भने पनि यसको खपत कम गर्न सकिन्छ । यसले पक्कै सकारात्मक नतिजा दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment