Comments Add Comment

स्वर्ण विजेता महेश्वरले रुँदै भने– सरकारबाट सहयोग पाइनँ

अमेरिका । विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा स्वर्णपदक जितेर महेश्वर महर्जनले नेपाल र नेपालीको नाम विश्वभर फैलाए । यो उनका लागि मात्र होइन, सारा नेपालीका लागि खुसीको क्षण थियो । तर, उनी सरकारबाट सकारात्मक सहयोग नपाउँदा भने निराश छन् ।

थाइल्याण्डको चाङमईमा भएको प्रतियोगितामा महेश्वरले गत शनिबार साँझ पुरुषतर्फको ७५ केजीको समूहमा स्वर्ण पदक जितेका हुन् । १२ खेलाडी सहभागी उक्त प्रतिस्पर्धामा भारतीय खेलाडी दोस्रो र सिंगापुरका खेलाडी तेस्रो भएका थिए । नेपाली खेलाडीले शारीरिक सुगठनमा विश्वस्तरमा स्वर्ण जितेको यो पहिलोपटक हो । महेश्वरले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई स्वर्ण पदक दिलाएको भने दोस्रोपटक हो ।

वाशिङ्टन डिसीबाट सन्चालित एक अनलाइनलाई अन्तरवार्ता दिने क्रममा महर्जनले आफ्नो यो सफलतामा नेपाल सरकारको भूमिका नरहेको बताए । सञ्चारकर्मी सच्ची मैनालीले सोधेका प्रश्नको उत्तर दिने क्रममा महर्जन निकै भावुक बने । केहीबेर उनको गला अवरुद्ध भयो ।
यो पनि पढ्नुहोस बडिविल्डिङमा नेपाललाई ऐतिहासिक सफलता, महेश्वर बने विश्वविजेता

सञ्चारकर्मी मैनालीले सोधेकी थिइन्– तपाईंको एउटा फोटोमा आँशु बगिरहेको देखेको थिएँ । यो पक्का पनि खुशीको आँशु हुनुपर्छ । अहिले सम्झनु हुन्छ त्यतिखेर के सम्झेर आँशु झरेको थियो ? यही प्रश्नले उनलाई भावुक बनाएको थियो ।

जवाफ दिने क्रममा महर्जनले साथीभाइले गर्ने समर्थन आफ्नो ठाउँमा छ, तर जहाँबाट सहयोग समर्थन पाउनु पर्ने हो त्यो २२ वर्षसम्म पनि पाएको छैन भने । उनले भने, ‘देशले गर्नुपर्ने हो गरेन, तर एउटा सपना थियो त्यो पूरा भएकोमा म खुशी छु ।’

महर्जनले यो पदक जिताउन साथीभाइहरुको ठूलो हात रहेको बताए । सरकारबाट सहयोग नपाएपछि यो प्रतियोगिता त्याग्छु भन्ने मानसिकता बनाएका रहेछन् उनले । त्यही भएर दुई वर्षसम्म चुप लागेर बसे । तर साथीभाइहरुकै हौसलाबाट उनी अन्तिम पटकका लागि भनेर बैंककमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भए । र, स्वर्ण पदक बिजेता बने ।

यो प्रतियोगिताका लागि व्यक्तिगत रुपमा ८–९ लाख रुपैयाँ खर्च भएको उनले बताए । अब फेरि यति धेरै खर्च गरेर प्रतियोगितामा सहभागी हुन नसक्ने उनले बताए ।
यो पनि पढ्नुहोस थाइल्यान्डमा नेपालले स्वर्ण जित्दा बज्यो श्रीमान गम्भीर (भिडियो)

शारीरिक सुगठन अन्य खेलभन्दा फरक छ । शारीरिक सुगठनमा निकै समय पनि लाग्छ । महर्जनका अनुसार ३–५ वर्षमा विजेता बन्न सकिन्छ, तर उनलाई विश्व विजेता बन्न २२ वर्ष कुर्नुपर्यो । यो विधा निकै खर्चिलो छ । गरिबहरु खर्च पुर्‍याउन नसकेकै कारण यतातिर लाग्दैनन् । धनीहरुलाई यसमो चासो नै छैन ।

महर्जनको दुखेसो भनेको सरकारले यसतर्फ ध्यान नदिएकोमा छ । सरकारको सहयोग नपाएमा भविष्यमा यो खेल त्याग्ने उनले बताए । यद्यपि उनी भन्छन्, ‘मैले नेपालको लागि खेलेँ, नेपालीको लागि खेलेँ । म नेपाल आमाको छोरा हुँ । म बिजेता हुँदा नेपालको नाम रह्यो ।’
यो पनि पढ्नुहोस बडीबिल्डिङ प्रतियोगितामा ‘श्रीमान गम्भीर’ धुन बजाउने आयोजकले माफी मागे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment