Comments Add Comment

यस्तो मन्दिर, जहाँ भ्रष्टाचारीलाई प्रवेश निषेध छ

भ्रष्टाचारीलाई सामाजिक बहिस्कार गर्नुपर्छ भनेर भनिए पनि समाजमा कालो धन थुपारेका धनीहरुको रजगज चल्छ । तर यो दुनियाँमा एउटा यस्तो मन्दिर छ जहाँ भ्रष्टाचार गर्ने मानिसहरु छिर्न पाउँदैनन् ।

भारतको उत्तर प्रदेशमा रहेको उक्त मन्दिरमा भ्रष्टाचारी मात्र होइन कुनै नेता, मन्त्री तथा सरकारी अधिकारीहरुलाई पनि प्रवेश निषेध गरिएको छ ।

कानपुर विश्वविद्यालयको पछाडिपट्टि रहेको उक्त मन्दिरको नाम भ्रष्टतन्त्र विनाशक शनि मन्दिर हो । निजी जग्गामा मन्दिर बनेको छ । मन्दिरमा शनि देवताका तिनवटा मूर्तिका साथै ब्रम्हाका मुर्ति पनि राखिएको छ । साथै हनुमानको पनि मुर्ति त्यहाँ छ ।

उक्त मन्दिरमा विभिन्न सरकारी अधिकारी, मन्त्री, न्यायाधीश तथा नेताहरुको तस्वीर राखिएको छ । शनिदेवताले ती मानिसहरुमाथि निगरानी गरुन् भन्नका लागि त्यसो गरिएको हो ।

उक्त मन्दिरमा अहिले भ्रष्टाचारी तथा नेताहरुलाई प्रवेशमा निषेध गरिएको भएपनि २० वर्षपछि यदि अवस्थामा सुधार आएमा अहिले वर्जित गरिएका ती मानिसहरुलाई पनि छिर्न दिइने नियम रहेको छ ।

उक्त मन्दिरमा तेल चढाउनु र घण्टी बजाउन निषेध छ । त्यहाँ केवल माटोको दियोमा बत्ति जलाइन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment