Comments Add Comment

बर्षाको ‘थकाली’ गेटअप

नायिका बर्षा सिवाकोटीको यो बर्ष २ वटा सिनेमा रिलिज हुने प्रवल संभावना छ । उनले अभिनय गरेको चलचित्र ‘पुरानो बुलेट’को त गीत पनि रिलिज भैसकेको छ । अर्कोतिर, चलचित्र ‘विर विक्रम २’को छायांकन भैरहेको छ । नेपाली चलचित्रमा पछिल्लो समय शरीर मेन्टेन गरेर आकर्षक देखिने धुनमा लागेकी नायिका सिवाकोटी नै हुन् ।

तर, दर्शकले उनलाई चलचित्र ‘विर विक्रम २’मा भने मुस्ताङकी यूवतीको भूमिकामा देख्नेछन् । उनले आफैले सार्वजनिक गरेको चलचित्रको केही तस्बिरमा उनी निकै आकर्षक देखिएकी छिन् । उनले लेखेकी छिन्–‘काली काली थकाली जस्तै ।’

बर्षाले आफूलाई काली काली थकाली भन्दै चलचित्रमा आफ्नो चरित्र खुलाउन खोजेकी छिन् । मिलन चाम्सले निर्देशन गरेको यो चलचित्रमा उनले नायकद्धय पल शाह र नाजिर हुसेनसँग रोमान्स गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment