Comments Add Comment

युएईको नेपाली दूतावास जनवरी १ देखि नयाँ भवनमा

५ पुस, युएई । नेपाली राजदूतावास अबुधाबीले कार्यालय प्रयोजनका लागि नयाँ भवनको (कार्यालय बस्ने घर) सम्झौता गरेको छ । नयाँ भवनमा दूतावास जनवरी १ देखि सञ्चालन हुनेछ ।

हाल सेवा दिँदै आएको घरसँगको पाँचवर्षे सम्झौता यही महिना सकिने भएपछि नेपाल सरकार परराष्ट्र मन्त्रालय र यहाँको परराष्ट्र मन्त्रालयमार्फत स्वीकृति लिई नयाँ घरको खोजी गरेको थियो ।

नयाँ भवन पाएपछि मन्त्रालयको निर्देशन अनुसार पाँच वर्षका लागि मंगलबार सम्झौता गरेकोे हो ।

सम्झौता अनुसार भवन प्रयोगमार्फत दुतावासले वाषिर्क ४ लाख दिराम (१ करोड १२ लाख रुपैयाँ) घरधनीलाई बुझाउनु पर्नेछ । यसअघि प्रयोग गर्दै आएको भवनमा समेत सोही अनुसारको सम्झौता थियो ।

अब रहने दूतावासको कार्यालय अबुधाबी बसपार्कबाट ४ सय मिटर पूर्वमा पर्छ । बसपार्कमा उत्रिएपछि पूर्वतर्फको आकाशे पुल पार गरी तीनदेखि पाँच मिनेटमा दुतावासको कार्यालय पुग्न सकिने कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले अनलाइखबरलाई बताए ।

युएईका विभिन्न राज्यबाट दुतावासमा सेवा लिन आउने सेवाग्राहीहरुलाई अहिले सेवा दिँदै आएको स्थान अबुधाबी बसपार्कबाट निकै टाढा पर्थ्यो । बसपार्कबाट दुतावास जान अतिरिक्त सवारी प्रयोग गर्नुपर्ने बाध्यता सेवाग्राहीलाई थियो । अतिरिक्त सवारी प्रयोग गर्दा न्युनतम १२ दिहराम (३६० रुपैयाँ)प्रति सवारी खर्च हुन्थ्यो । सेवाग्राहीकै सुविधालाई ध्यान दिएर दूतावास नयाँ स्थानामा सर्न लागेको कार्यबाहक राजदूत फुयाँलले बताए ।

उनले भने, ‘नयाँ स्थानमा दुतावासको कार्यालय सरेपछि अबुधाबी बसपार्कबाट पुनः सवारी प्रयोग गरिरहनु पर्दैन । यसबाट सेवाग्राहीलाई धेरै सहज हुनेछ । ‘

अंग्रेजी नयाँवर्षको पहिलो दिन अर्थात जनवरी १ बाट दुतावासले नयाँ भवनबाट सेवा दिनेछ । दूतावासमा विभिन्न कामका लागि दैनिक ७०/८० जना नेपालीसहितका सेवाग्राही पुग्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment