Comments Add Comment

अमेरिकाको जर्सी सिटी र इन्द्रावती गाउँपालिका भगिनी सम्बन्ध गाँस्दै

न्यूयोर्क / अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहर र  सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका बीच भगिनी सम्बन्ध कायम हुने भएको छ । औपचारिक रूपमा भगिनी सम्बन्ध कायम गर्न जर्सी सिटी काउन्सिलले काउन्सिल रिजोलुसन पारित गरिएको छ।

जर्सी सिटी नगर प्रमुख स्टेभन फुलपकी सल्लाहकार डा. विष्णुमाया परियार (मानार्थ विद्या वारिधि)को विशेष पहल र नेतृत्वमा यी दुई शहरबीच भगिनी सम्बन्ध सम्भव भएको हो । अन्य मुलुकको शहरसंग सिस्टर सिटी बन्ने इन्द्रावती पहिलो गाउँपालिका हो।

इन्द्रावती गाउँपालिकाका प्रमुख बंशलाल तामाङ अमेरिकाका पूर्व नेपाली एनआरएन तामांग हुन् । उनी स्थायी आवासीय पत्र (ग्रिनकार्ड) त्यागेर नेपाल फर्केका उदाहरणीय नेता हुन् ।  डा. परियारले दुई मुलुकका साझेदार (स्टेकहोल्डर)हरूसंग लामो परामर्श पछि इन्द्रावती गाउँपालिकालाई भगिनी सम्बन्ध  बनाउन चुनिएको हो।

गाउँपालिका प्रमुख बंशलाल तामांग न्यू योर्कस्थित सिन्धु-युएस वेलफ़ेयर सोसाइटीका संस्थापक अध्यक्ष पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment