Comments Add Comment

उपसभापति र महामन्त्री मनोनित गर्ने देउवाको प्रस्ताव

५ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकएक उपसभापति र महामन्त्री मनोनित गर्ने प्रस्ताव राखेका छन् । तर, वरिष्ठ नेता रामचन्द्र पौडेलले अस्वीकार गरेपछि केन्द्रीय कार्यसमिति बैठक नै बस्न सकेन ।

लामो रस्साकस्सीपछि मंगलबार साँझ उपसभापति, महामन्त्री र सहमहान्त्री २/२ जना राख्ने र कोषाध्यक्ष बाहेक सबै निर्वाचित गर्ने सहमति भएको थियो । तर, समावेशी नभएको भन्दै देउवा निकट नेताहरुले विरोध गरेपछि सहमति भाँडियो

बिहीबार शीर्ष नेताहरुबीच पटकपटक छलफल भएपनि सहमति जुट्न सकेन । नेताहरुबीच पदाधिकारी समावेशी बनाउन सहमहामन्त्री ४, ५ वा ७ वनाउने विकल्प पेश भएको छ । तर, साँझ भएको छलफलमा सभापति देउवाले उपसभापति र महामन्त्री एकएक जना मनोनित हुनु पर्ने प्रस्ताव राखेका छन् ।

नेता पौडेलले भने केन्द्रीय कार्यसमिति बैठकमा औपचारिक प्रस्ताव ल्याउन आग्रह गरेका छन् । ‘बैठक राखेर प्रस्ताव ल्याउनुस्, हामी हाम्रो कुरा त्यही राख्छौं’, उनले भने ।

नेताहरुका अनुसार पौडेल र सिटौला समूह मनोनित पदाधिकारी बढाउने पक्षमा छैन ।

साथै सहमति सभापति देउवामाथि विश्वास नै गर्न सक्ने अवस्था नभएको टिप्पणी गरेका छन् । सहमतिको प्रयासमा भएका छलफलहण्रुमा पटकपटक सहमति हुने तर, भोलिपल्ट सभापति पक्षबाटै उल्टाउने काम भएको उनीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment