Comments Add Comment

बिग ब्यास लिगः सन्दीपको टिम मेलबर्नले आज पहिलो खेल खेल्दै

६ पुस, काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले बिग बास लिग क्रिकेटमा आज पहिलो खेल खेल्दैछ ।

सन्दीपको टिम मेलबर्न स्टार्सले क्यानबेरामा आज सिड्नी थन्डरविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । मेलबर्न र सिड्नीबीचको खेल नेपाली समय अनुसार दिउँसो २ बजे सुरु हुनेछ ।

आफ्नो टिमको पहिलो खेलमा नै सन्दीपले डेब्यु गर्ने सम्भावना निकै रहेको छ । मेलबर्नको विदेशी खेलाडीमा वेष्ट इन्डिजका ड्यान ब्राभोसँगै नेपालका सन्दीप लामिछाने मात्रै रहेका छन् ।

दुई जना विदेशी खेलाडीले एक खेलमा खेल्न पाउने नियम भएको हुदा सन्दीपको सम्भावना प्रवल मानिएको हो ।

बिग ब्यासमा सन्दीपले डेब्यु गर्न पाए उनको सपना पूरा हुनेछ । उनले आफ्नो सपना बिग ब्यास खेल्ने रहेको बताउँदै आएका छन् । मेलबर्नका कप्तानीमा ग्लेन म्याक्श्वेल रहेका छन् ।

क्यानबेरा प्रस्थान गर्नुअघि उनले कोच स्टेफन फ्लेमिङ र ड्वेन ब्राभोसँगको तस्वीर ट्वीटमा सेयर गरेका छन् । र, सन्दीपले लेखेका छन्, ‘यात्रा सुरु गर्ने एक उत्तम तरिका ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment