Comments Add Comment

लोनमा बार्सिलोना आए जेसन मुरिलो

काठमाडौं । बार्सिलोनाले कोलम्बियन डिफेण्डर जेसन मुरिलोलाई अनुबन्ध गरेको छ । २६ वर्षीय मुरिलो बाँकी सिजनका लागि भ्यालेन्सियाबाट नाउ क्याम्प आएका हुन् ।

इन्टर मिलानबाट २०१७ मा लोनमा आएका उनी सिजनको सुरुवातमा भ्यालेल्सिया स्थायी अनुबन्ध भएका थिए । तर उनले यो सिजन मात्र तीन खेल खेलेका छन् ।

अब उनी बाँकी सिजनका लागि दुई मिलियन युरोमा बार्सिलोनामा आएका छन् र स्थायी अनुबन्ध गर्ने हो भने २५ मिलियन तिर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment