Comments Add Comment

लेडिज ब्यागदेखि पूजा सामग्री चोरी गर्ने चारजना पक्राउ

६ पुस, काठमाडौं । ठूलो संख्यामा पकेटमार पक्राउ परेको केही दिनमै प्रहरीले चोरको अर्काे समूहलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानबाट चारजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौंको नयाँ बजार बस्ने काभ्रेका १६ वर्षीय प्रज्वल तामाङ, ढल्कु क्षेत्रपाटी बस्ने रामेछापका १५ वर्षीय अनिल तामाङ स्वयम्भु बस्ने मकवानपुरका १५ वर्षीय राजीव देउला र काठमाडौंको पकनाजोल बस्ने दोलखाका १६ वर्षीय निमा तामाङ रहेका छन् ।

उनीहरुले निमाको नेतृत्वमा काठमाडौंका विभिन्न ठाउँमा घर फोडेर चोरी गर्ने गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनीहरुको बयानका आधारमा काठमाडौं महानगरपालिका-१७ ढल्कु तण्डुकार टोलको एक घरमा लुकाइ राखेको चोरीको सामानहरुसमेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुले लेडिज व्यागदेखि गरगहनासम्म चोर्ने गरेका प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट ६६ हजार ५७५ रुपैयाँ नगद, केही थान ल्याप्टप र मोवाइल, विभिन्न धातुबाट बनेका गरगहनाहरु (औंठी, चुरा, लकेट, कानमा लगाउने झुम्का, बाला), पूजाका सामग्रीहरु, घर तथा पसल फाड्ने औजारहरु (छिनो, पेचकस, दाउ आदि) बरामद गरेको छ ।

पक्राउ परेकाहरूबाट बरामद गरिएका केही सामानहरू ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment