Comments Add Comment

चैतसम्म थप चार देशमा उडान शुरु गर्ने वायु सेवा निगमको तयारी

६ पुस, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले आउँदो चैतभित्र थप चार देशमा उडान शुरु गर्ने तयारी गरेको छ ।

निगमले साउदी अरेबिया, कोरिया, जापान र चीनमा उडान गरेको तयारी गरेको हो । यसमध्ये पहिले जापानमा उडान शुरु गर्ने गरी तयारी भइरहेको निगमले स्रोतले जानकारी दियो ।

‘ओसाकामा फागुनमध्यमै उडान थाल्ने गरी तयारी भइरहेको छ, चैत मसान्तसम्म दुई ठाउँमा शुरु भइसक्छ’, स्रोतले भन्यो ।

निगमले जापानको ओसाका र चीनको ग्वान्जाउलाई प्राथमिकता राखेर तयारी गरिरहेको छ ।

यी दुई गन्तब्यमा चैतभित्रै उडान शुरु गरिसक्ने स्रोतको दाबी छ ।

‘बजार बुझ्न, मुल्याकंन गर्न हामीले कर्मचारी खटाइसकेका छौं, तयारी तीव्र छ, प्रक्रिया अगाडि बढाइएको छ, जिएसए छनोट कार्य भइरहेको छ’, निगमका एक अधिकारीले भने ।

करोडौं खर्चेर भित्र्याइएका वाडइबडी जहाजले नयाँ गन्तब्य नपाएपछि निगमले बजार हिस्सासमेत गुमाउँदै गएको छ । असारमा भित्र्याइएको एयरबस वाइडबडी ए–३३० ले समेत नयाँ गन्तब्य पाएको छैन ।
यसले पुरानै गन्तव्यमा सीमित उडान भर्दै आएको छ । निगमले बोइङ ७५७, एयरवस ३२० र वाइड बडी ए ३३० मार्फत विभिन्न सेक्टरमा दैनिक औसत ५.५७ उडान गर्दै आएको छ ।

निगमका अनुसार नयाँ दिल्लीमा हप्तामा १०, दोहा र दुबईमा समान सात उडान तथा हङकङ, क्वालालम्पुर, बैंकक, मुम्बई र बेंग्लोरमा हप्तामा समान तीन उडान गरी जम्मा ३९ उडान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment