Comments Add Comment

बर्दिबासमा ब्याडमिन्टन प्रतियोगिता सुरु

६ पुस, महोत्तरी । महोत्तरीको बर्दिवासमा शुक्रबारदेखि प्रदेश २ स्तरीय दोश्रो ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।

बर्दिवास ब्याडमिन्टन सङ्घले आयोजना गरेको प्रतियोगितामा भेट्रान (४५ बर्ष उमेरभन्दा माथि) समूह १६, खुला प्रतियोगितामा ४० समूह र बालसमूह (१४ बर्षमुनि) को समूह गरी जम्मा ११२ जना खेलाडी सहभागी हुँदैछन् ।

प्रतियोगिता आइतबार सम्पन्न हुने आयोजक बर्दिवास ब्याडमिन्टन सङ्घका अध्यक्ष कृष्णप्रसाद गौतमले जानकारी दिए । दोस्रो प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता मेयर कप–२०७५ शुक्रबार एक समारोहबीच बर्दिवास नगरपालिकाका प्रमुख बिदुरकुमार कार्कीले उद्घाटन गरेका हुन् ।

कार्कीले बर्दिवास नगरमा खेल क्षेत्रको रुपमा विकास गर्न नगरपालिकाले लगानी गर्ने बताए ।

स्वास्थ्यको लागि खेलकुद आवश्यक रहेको भन्दै उनले खेल र खेलाडीको बिकास नगरको पहिलो प्राथमिकता रहेको बताए ।

प्रतियोगितामा प्रदेशका आठवटै जिल्ला र छिमेकको सिन्धुली जिल्लाका राष्ट्रिय, क्षेत्रीय र जिल्लाका उत्कृष्ट खेलाडि सहभागी छन् । खेल ८ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment