Comments Add Comment

हात्ती महोत्सवमा संरक्षणकर्मी र पर्यटन व्यवसायीलाई सम्मान गरिने

६ पुस, चितवन । आगामी पुस ११ गतेदेखि १५ गतेसम्म चितवनको सौराहामा हुने चितवन हात्ती महोत्सवमा संरक्षणकर्मी र पर्यटन व्यवसायीलाई सम्मान गरिने भएको छ ।

महोत्सव आयोजक क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष सुमन घिमिरेले संरक्षण तर्फ चितवन राष्ट्रिय निकुञ्जका पुर्व सहायक अधिकृत नुरेन्द्र अर्याल र पुरुषोतम पाण्डे तथा पर्यटन व्यवसायतर्फ अमरमान शाक्य र हरिहर संैजुलाई सम्मान गर्न लागिएको जानकारी दिए ।

उनीहरुलाई उद्घाटन कार्यक्रमका प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान गर्ने कार्यक्रम छ । महोत्सवको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । महोत्सवका लागि मैदान व्यवस्थापन, प्रचार प्रसार, गेट निर्माण, पत्राचार लगायत आन्तरीक र वाह्य तयारी तीव्र रुपमा भईरहेको संघका प्रथम उपाध्यक्ष एवंम् महोत्सवका प्रवक्ता दीपक भट्टराईले बताए ।

आन्तरिक र वाह्य पर्यटन प्रवर्द्धन तथा वन र वन्यजन्तुको संरक्षण गर्ने उदेश्यका साथ प्रत्येक वर्षको पुषमा हात्ती महोत्सव आयोजना गरिदै आएको छ । यस पटक संरक्षणमुलक कवि गोष्ठीसँगै हात्ती फास्ट वाक, हात्तीका छावाहरुबीच फुटवल प्रतियोगिता, हात्ती पोलो, हात्ती पिकनिक, हात्ती सुन्दरी प्रतियोगिताका साथ दैनिक साँस्कृतिक कार्यक्रम पनि हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment