Comments Add Comment

पुस १५ देखि इन्टरनेटको शुल्क बढाउने सेवा प्रदायकको चेतावनी

६ पुस, काठमाडौं । सरकारले सम्झौता कार्यान्वयन नगरेको भन्दै इन्टरनेट सेवा प्रदायकले सेवा शुल्क बढाउने चेतावनी दिएका छन् ।  ५ महिना बित्दा पनि सरकारले सम्झौता कार्यान्वयन नगरेको भन्दै इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आइस्पान) ले पुस १५ गतेदेखि शुल्क बढाउने चेतावनी दिएको हो ।

सरकारले ०७५/७६ को बजेटमा इन्टरनेटमा १३ प्रतिशत अतिरिक्त दूरसंचार सेवा शुल्क (टिएससी) लगाउने नीति ल्याएपछि इन्टरनेट सेवा प्रदायकहरुले आफ्नो सेवा शुल्क बढाउने बताएका थिए ।

सरकारले लगाउने अतिरिक्त कर ग्राहकबाटै असुल्ने भन्दै सेवा प्रदायकहरुले साउन १ गतेदेखि नै मूल्य बढाउने घोषणा गरेका थिए ।  तर, सरकारलेसेवा प्रदायकहरुलाई बोलाएर मूल्य नबढाउन भन्दै इन्टरनेटको मूल्य समायोजन गर्ने सहमति गरेको थियो ।

हालसम्म पनि उक्त सम्झौता कार्यान्वयन नभएपछि अतिरिक्त कर ग्राहकबाटै असुल्ने निर्णयमा पुगेको आइस्पानका अध्यक्ष भोजराज भट्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यससँगै ग्राहकले विद्यमान मूल्यमा थप १३ प्रतिशत अतिरिक्त मूल्य तिर्नुपर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment