Comments Add Comment

प्रहरीले थाल्यो ‘रातभरि थुन्ने अभियान’

७ पुस, नेपालगञ्ज ।  कोहलपुरमा चोरीका घटना बढ्न थालेको भन्दै प्रहरीले ‘रातभरि थुन्ने अभियान’शुरु गरेको छ ।

राति १० बजेपछि अत्यावश्यक कामबाहेक त्यसै हिँड्नेलाई रातभर थुन्न थालिएको हो । ‘लागुपदार्थ प्रयोगकर्ता, लामो कपाल पालेका व्यक्ति राति भेटिए थुन्ने गरेका छौं, कोहलपुर इलाका प्रहरी कार्यालयका प्रवक्ता मानबहादुर विसीले भने, ‘भोलिपल्ट फोटो खिच्ने र आफन्तको जिम्मा लगाउँछौँ ।’

प्रहरीले चोरी नियन्त्रण र बिना काम राति हिँड्नेलाई नियन्त्रण गर्न तीन टोली परिचालन गरेको छ । जस्मा दुई ‘क्यूआरटी’र एउटा नियमित गस्ती टोली छ ।

अभियान चलाउँदा दैनिक पाँच-छ जना नियन्त्रणमा परिरहेको उनले बताए । राति पक्राउ परेकालाई बिहान परिवारका सदस्य बोलाएर लामो कपाल काट्न लगाउने, फोटो खिचेर पठाउने गरेकामा फेरि त्यही मान्छे राति हिँडेको फेला परे कारवाही गरिने भएको छ ।

जिल्लाको दोस्रो ठूलो शहर कोहलपुरमा लागुपदार्थ प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको र अधिकांश चोरीमा लागुऔषध प्रयोगकर्ता नै संलग्न हुने गरेको प्रहरीले जनाएको छ । ‘रातभरि राखेर बिहान छोडेपछि  फेरि भेटिएमा कारवाही गर्ने चेतावनी दिएर छोड्ने गरेका छौँ, ‘ प्रवक्ता विसीले भने, ‘हामीले पुराना चोरीको अभियोग लागेका व्यक्ति  पनि खोजी गरिरहेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment