Comments Add Comment

प्रदेश ५ को संसद् बैठक बस्दै, तीन विधेयक पेस हुने

८ पुस, बुटवल । प्रदेश ५ को प्रदेशसभा बैठक आज बस्दैछ । मंसिर २६ बाट सुरु भएको हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्न लागेको हो ।

दिउँसो १ बजे बस्ने बैठकमा २ विधेयकमाथि छलफल तथा ३ विधेयक पेस गर्ने तयारी रहेको प्रदेश संसद् सचिवालयले जनाएको छ ।

मंसिर २६ गते बसेको बैठकले प्रदेश ५ जाँचबुझ आयोगको गठन र संघ–संस्थाहरुको दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरेको थियो । प्रदेश ५ का सभामुख पूर्ण घर्तीका अनुसार पेस भएका २ विधेयकबारे आज सांसदहरुले धारणा राख्नेछन् । सभामुख घर्तीका अनुसार, आजै उठेका सवालबारे मन्त्रीले जवाफ दिएपछि निर्णयार्थ सभामा पेस गर्ने तयारी छ ।

अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा व्यवस्था तथा प्रदेश प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि आजको बैठकमा पेस हुँदैछ । प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार, यी दुई विधेयकका अतिरिक्त प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा बनेको विधेयक पनि आजकै बैठकमा पेस गर्ने कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment