Comments Add Comment

पोग्बाले दिए माउरिन्होलाई धन्यवाद

८ पुस, काठमाडौं । म्यानचेष्टर युनाइटेडका मिडफिल्डर पल पोग्बाले आफूलाई ‘एक व्यक्तिका रुपमा सुधार्न’ सहयोग गरेको भन्दै पूर्वप्रशिक्षक जोस माउरिन्होलाई धन्यवाद दिएका छन् ।

ओल्ड ट्राफर्डमा साढे दुई वर्ष विताएका प्रशिक्षक माउरिन्हो अघिल्लो साता बर्खास्त भएका थिए, जसलाई पोग्बासँगको सम्बन्धमा दरार आउनुसँग पनि जोडेर हेर्न गरिएको छ ।

माउरिन्हो प्रशिक्षक भएको युुनाइटेडले पहिलो सिजन लिग कप र युरोप लिग जितेको थियो । ‘हामीले जोसेसँग ट्रफी जित्यो, त्यसका लागि उनलाई धन्यवाद’, पोग्बाले भनेका छन् ।

‘मलाई एक व्यक्तिका रुपमा सुधार गर्न पनि सहयोग गरे । म उनलाई धन्यवाद दिन चाहन्छु’ यस्तै अरु खेलाडीलाई पनि भएको भन्दै उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment