Comments Add Comment

एम्बाप्पेको गोलमा पीएसजीको जित

काठमाडौं । केलियन एम्बाप्पेको गोलसँगै पेरिस सेन्ट जर्मेनले नन्टलाई हराएको छ र लिग वानमा १३ अंकको अग्रता लिएको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले नन्टलाई १–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा पीएसजीका लागि एम्बाप्पेले विजयी गोल गरे । बिहीबार मात्र २० वर्षमा प्रवेश गरेका उनले ६८ औं मिनेटमा क्लोज रेन्जबाट गोल गरेका थिए । यो सिजन लिगमा १२ खेल खेलेका उनको यो १३ औं गोल हो ।

यो खेलमा नेइमार भने थिएनन् । उनी कम्बरको चोटका उपचारका लागि ब्राजिल गएका छन् ।

जितपछि पीएसजीको १७ खेलबाट ४७ अंक भएको छ भने दोस्रो स्थानमा रहेको लिलेको १९ खेलबाट २४ अंक छ । नन्ट भने २० अंकका सात दशौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment