Comments Add Comment

सच्चियो भारतीय विद्युत् व्यापार निर्देशिका, नेपालबाट बिजुली बेच्ने बाटो खुल्यो

८ पुस, काठमाडौं । भारतले आफ्नो क्रसबोर्डर विद्युत् व्यापार (आयात-निर्यात) निर्देशिका परिमार्जन गरेको छ । यो सँगै नेपालबाट उत्पादित विजुली भारत निर्यात गर्न बाटो खुलेको छ । भारतले यसअघि आफ्ना लगानीमा बनेका आयोजनाका मात्रै बिजुली मात्रै किन्ने गरी निर्देशिका ल्याएको थियो ।

यसका कारण विदेशी लगानीकर्तालाई नेपालमा जलविद्युतमा लगानी लिएर आउन समस्या भएको थियो । यसअघि भारतीय निर्देशिकामा देशबाहिरबाट बिजुली ल्याउँदा त्यस्तो विद्युत उत्पादन कम्पनी भारत सरकार वा भारतीय कुनै सार्वजनिक निकायको स्वामित्वमा रहेको वा उनीहरुले लगानी गरेको अथवा कुनै निजी कम्पनी जसमा ५१ प्रतिशत वा सोभन्दा बढी स्वामित्व भएको हुनुपर्ने उल्लेख थियो ।

यसै कारण तेस्रो मुलुकका कम्पनीहरुको लगानीमा उत्पादित बिजुली सिधै भारतीय बजारमा बेच्न सकिने अवस्था थिएन । अब भारतले यसअघि राखेका विवादास्पद व्यवस्थालाई हटाउँदै खुाल तवरमा विजुली ब्यापारको बाटो खोलेको छ ।

भारत सरकारले सरकारी स्तरका कम्पनीहरु र इजाजतप्रप्त कम्पनीहरुबीचमा सम्झौता भएर विजुली किनबेचको सम्झौता हुन सक्ने व्यवस्था गरेको छ । अब पहिलेजस्तो भारतीय लगानीको आयोजना हुनुपर्ने भन्ने लगायतका शर्त निर्देशिका छैन ।

अब भारतमा बिजुली किन्न चाहाने कम्पनीहरुले भारत सरकारबाट अनुमति भने लिनुपर्नेछ । परिमार्जित निर्देशिकामार्फत भारतले क्षेत्रीयस्तरमा ब्यापारका लागि पनि आफ्ना छिमेकी मुलुकसँग यही गााइडलाइनमार्फत बाटो खोलेको छ ।

नयाँ गाइडलाइनमा सरकारी स्तरमा समझदारी गरेर छिमेकी मुलुकहरुले भारतको ट्रान्समिसन लाइन प्रयोग गरेर विद्युत ब्यापार गर्न सक्ने व्यवस्था पनि छ ।

यो व्यवस्थाले अब नेपालको बिजुली बंगलादेशसहित भारतको बाटो भएर अन्य देशमा बेच्न सकिने बाटो खुलेको छ । भारतीय कम्पनी जीएाआरले माथिल्लो कर्णालीमा उत्पादित बिजुली बंगलादशेमा बेच्ने योजना बनाएको छ । जसमा बंगलादेश सरकार सहमत भइसकेको छ ।

यसअघि भारतको निर्देशिकाले नेपाल सरकार र भारतीय लगानीकर्ता बाहेकबाट उत्पादित बिजुली भारतको बाटो भएर अन्य मुलुकमा नेपालको बिजुली जान पनि रोकिएको थियो ।

नेपाल सरकारले यो निर्देशिशका सच्याउन पटक-पटक आग्रह गरिरहेको थियो ।ऊर्जामन्त्री वर्षमान पुनले यो निर्देशिका परिमार्जनका लागि निरन्तर भारतलाई आग्रह गरेका थिए ।

भारतले हाल नेपाल, भुटान र बंगलादेशसँग अन्तरदेशीय विद्युत व्यापार गर्दै आएको छ ।

अम माथिल्लो तामाकोशीबाट विजुली उत्पादन सुरु भए पछि वर्षायाममा नेपालले पनि भारतमा बिजुली बेच्न थाल्नेछ । नेपालले वर्षमा भारतलाई बिजुली दिएर हिउँदमा भारतबाट बिजुली ल्याउने योजना बनजाएको छ ।

‘इनर्जी बैंकिङ’का रुपमा प्रस्ताव गरिएको यो मोडल स्वीकार्न भारतलाई आफ्नै निर्देशिकाले रोकेको थियो ।

तर, निर्देशिकाले भारतको केन्द्रीय विद्युत निमयन आयोगले यसबारे थप व्यवस्थाहरु गर्ने र त्यसैअनुरुप आयात-निर्यात गरिने व्यवस्था गरेको छ । यसतै विजुली आयात-निर्यात गर्न सरकारी स्वीकृति अनिवार्य गरिएको छ ।

यस्ता कारणबाट अझै पनि भारतले सहज रुपमा नेपालमा तेस्रो देशका लगानीकर्ताबाट बनेका आयोजनाबाट सहज रुपमा विजुली किन्नेमा अझौ आशंका बाँकी नै रहेको ऊर्जा मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

तर, आफ्नो लगानी अनिवार्य चाहिने भनेर गरिएको व्यवस्था सच्चिँदा भने नेपालले थोरै भएपनि राहत पाएको उनीहरुको भनाइ छ । आगामी पुसबाट माथिल्लो तामाकोशी आयोजनाले विजुली उत्पादन थाल्ने भएकाले निर्यातको बाटो जसरी पनि खोल्न नेपालमाथि दबाव थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment