Comments Add Comment

दुनियाँको यस्तो ठाउँ, जहाँ कालो स्याउ फलाइन्छ

तपाईंले हरियो, रातो वा हल्का पहेँलो रङका स्याउ देख्नुभएकै होला । तर चीनको तिब्बतमा भने कालो रङका स्याउ फलाइन्छ ।

तिब्बतका पहाडी क्षेत्रमा ब्लाक डायमान्ड जातको यो दुर्लभ स्याउ फल्दछ । यसको रङ गाढा बैजनी रङको हुन्छ र झ्वाट्ट हेर्दा कालो देखिन्छ ।

स्थानीय भाषामा यो स्याउलाई हुआ नियु भनिन्छ । समुद्री सतहबाट ३१ सय मिटरको उचाईमा यो स्याउको खेती हुन्छ ।

यो स्याउ फल्ने क्षेत्रको वातावरण विशिष्ठ खालको हुन्छ । दिन र रातको समयमा तापक्रममा उच्च फरक हुन्छ । दिनको समयमा परावैजनी किरणहरु पर्याप्त मात्रामा जमिनसम्म आउँछन् । विशिष्ठ वातावरण तथा परावैजनी किरण नै यो स्याउको अनौठो रङको कारक तत्व रहेको बताइन्छ ।

यो जातको स्याउ चिनिया बजारमा निकै महंगो मूल्यमा बिक्री हुने गरेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment