Comments Add Comment

यो हो विश्वकै सबैभन्दा सानो पार्क

विश्वको सबैभन्दा सानो पार्क कहाँ छ ? धेरैलाई थाहा नहुन सक्छ । वास्तवमा यो कीर्तिमान अमेरिकाको पोर्टल्याण्डले कायम गरेको छ । ४ सय ५२ इन्चको क्षेत्रमा निर्मित उक्त पार्कको नाम मिल इन्ड्स पार्क हो ।

पोर्टल्याण्डको ओरेगनमा निर्मित यो पार्कलाई क्रिसमसको अवसरमा सजाइएको हो । सन् १९७१ मा विश्वको सबैभन्दा सानो पार्कका रुपमा यसको नाम गिनिज बुकमा दर्ज भएको थियो ।

दोश्रो विश्वयुद्धका योद्धा तथा पत्रकार डिक फागनको कल्पना तथा सिर्जनाको रुपमा रहेको यो पार्कलाई पोर्टल्याण्डको मनोरञ्जन विभागले निर्माण गरेको हो । सन् १९४८ मा यो पार्क बनाइएको थियो ।

गत मे महिनामा विभागले त्यहाँ एक आधिकारिक साइनबोर्ड स्थापित गरेको छ । मानिसहरुलाई दुनियाको त्यो सबैभन्दा सानो किर्तिमानी पार्कका बारेमा चिनाउने ध्येय सरकारको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment