Comments Add Comment

९ वर्षकी नेपाली साल्माले मेलबर्नमा पाइन् तेक्वान्दोमा ब्ल्याक बेल्ट

मेलबर्न/ मेलबर्न निवासी साल्मा बाहम्दुनले ९ वर्षकै उमेरमा नै तेक्वान्दोमा ब्ल्याक बेल्ट प्राप्त गरेकी छिन् ।

२ डिसेम्बर २००८ मा जन्मेकी साल्मालाई  उनका आमाबुवा  सोवाना श्रेष्ठ र अबी बाहम्दुनले तीन वर्षको हुँदा नै २० जनवरी २०११ देखि तेक्वान्दो सिक्न भर्ना गरिदिएका थिए ।

ब्ल्याक बेल्ट प्राप्त गर्नुअघि साल्माले प्राप्त गर्नु पर्ने आवस्यक सबै बेल्टहरु प्राप्त गरिसकेकी थिइन् । तर, उमेर कम भएको कारण साल्माले ब्ल्याक बेल्ट प्राप्त गर्न भने केही समय पर्खनु परेको थियो । साल्मालाई  ९ वर्ष पुगेपछि सेप्टेम्बर २०१८ मा ब्ल्याक बेल्ट दिइएको हो ।

साल्माले ब्ल्याक बेल्ट प्राप्त गरेपछि लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले बधाई ज्ञापन गर्दै आगामी दिनमा अझै उदाहरणीय उपलब्धी हासिल गर्न शुभकामना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment