Comments Add Comment

मनाङ र थ्रीस्टारबाट फुकुवा भएका अनन्तले लिग नखेल्ने

८ पुस, काठमाडौं । नेपाली फुटबलका युवा खेलाडी अनन्त तामाङले जारी शहिद स्मारक ए डिभिजन लिग फुटबल नखेल्ने भएका छन् ।

लामो विवादपछि मनाङ मस्र्याङ्दी र थ्रीस्टार दुबै क्लबले बुधबार अनन्तलाई फुकुवा गरेको हो । लिगमा अब बाँकी प्रत्येक टिमका तीन खेल बाँकी रहंदा अनन्तले सकिनै लागेको लिग नखेल्ने निर्णय गरेका हुन् ।

करिब साढे दुई महिनादेखि अनन्तको विषयलाई लिएर दुबै क्लबबीच विवाद मच्चिएको थियो । करिब एक वर्षदेखि थ्रीस्टार क्लबबाट खेल्दै आएका अनन्तलाई लिग सुरु हुनै लाग्दा थ्रीस्टारको रिलिज विनै मनाङले अनुबन्धन गरेपछि उनी दुबै क्लबको चेपुवामा परेका थिए ।

अनन्तले आफु फुकुवा भएपनि लिग नखेल्ने बताएका हुन् । उनले भने ‘म अहिले पूर्णरुपमा फिट पनि भएको छुइन । त्यसैले विश्राम गर्दैछु ।’

यो पनि पढ्नुहोस मनाङ र थ्रीस्टारको चेपुवामा अनन्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment