Comments Add Comment

देउवाको निर्देशन : ओली सरकारविरुद्ध आन्दोलन गर्न तयार रहनू

८ पुस, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर आन्दोलनको कार्यक्रम घोषणा गर्ने कांग्रेसको तयारी छ ।

सरकारले निरंकुशता लाद्न खोजेको भन्दै उनले पार्टीभित्रका असहमति थाति राखेर सरकारविरुद्ध लड्नुपर्ने बताए । १० दिन लामो महासमिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै देउवाले भने, भने, ‘ओली सरकार आज बद्मासी गर्दैछ, निरंकुशता लाद्न खोजिरहेको छ । यसको विरुद्धमा आन्दालेन गर्ने दिन आउँदैछ, सब साथीहरु तयार हुनुपर्छ ।’

नेकपा स्थायी कमिटीमा भएको बहसतर्फ संकेत गर्दै उनले अघि भने, ‘आफ्ना पार्टीका मान्छेहरुलाई त दुःख दिइरहेका छन् भने अरुलाई के गर्ला ?

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमिति बैठकबाट काँग्रेस एकतावद्ध भएको दावी गरे ।

मंसिर २९ गतेबाट सुरु भएर आइतबार सकिएको महासमिति बैठकले वधान पारित गरेको छ, जसअनुसार अब १४ पदाधिकारी हुनेछ । सभापति, दुई उपसभापति, दुई महामन्त्री र ८ सहमहामन्त्री महाधिवेशनबाट चुनिनेछन् भने कोषाध्यक्ष मनोनित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment