Comments Add Comment

आफैंले बोकेको बन्दुक पड्किँदा प्रहरी जवान गम्भीर घाइते

९ पुस, विराटनगर । मोरङको उर्लाबारीमा आफैले बोकेको बन्दुक पड्किँदा प्रहरी जवान गम्भीर घाइते भएका छन् ।

सोमबार विहान साढे ५ बजे गस्तीमा रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीको बा १ झ ६४५० नं को मोबाइल भ्यानमा रहेका प्रहरी जवान सञ्जीव खडकाले बोकेको राइफल पड्किदा खडका गम्भीर घाइते भएका हुन् ।

गस्तीका क्रममा उर्लाबारी नगरपालिका वडा नं. ३ स्थित थापा चौकमा पुग्दा खड्काले बोकेको इन्फिल्ड मार्काफोर १ राइफल एक्कासी पड्किएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठका अनुसार खड्काको छातीको दाहिने भागमा गोली लागेको छ । गोलीले उनको छाती छाडेर प्रहरी भ्यानको छत पनि दुलो परेको छ ।

घाइते जवानको विराटनगरस्थित न्यूरो अस्पतालको सघन कक्षमा उपचार भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए । घटनाको अनुसन्धान सुरु गरेको बताउदै उनले आफैले पडकाएको हो कि अन्य कुनै कारणले हो भन्ने बिषयमा छानबिन सुरु गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment