Comments Add Comment

निर्मला काण्ड : हतारमा नतिजा खोज्दा कमजोरी भएको आईजीपी खनालद्वारा स्वीकार

९ पुस, काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला हत्याकाण्डमा हतारमा नतिजा खोज्दा गलत अभ्यास भएको स्वीकार गरेका छन् ।

निर्दोषलाई पक्राउ गरेर अभियोग स्वीकार गर्न दबाव दिएको एकपछि अर्को घटना सार्वजनिक भइरहेका बेला खनालले प्रहरी अनुसन्धानमा कमजोरी भएको स्वीकार गरेका हुन् । उनले भने, ‘हतारमा नतिजा खोज्दा गलत अभ्यास भएको भेट्यौं ।’

सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा खनालले अनुसन्धानमा यति प्रतिशत सफलता हात पर्‍यो भनेर निर्धारण गर्न नसकिने बताए ।

उनले घटनाको अनुसन्धानमा कमजोरी गर्ने जो कोहीलाई नछाड्ने उनले प्रतिवद्धता जनाए । प्रहरीले छानबिन समितिको प्रतिवेदन अध्ययन भइरहेको भन्दै आईजीपी खनालले भने, प्रशासनिक कारबाही गर्न सिफारिस भएकाहरुलाई कारबाही गर्छौं । आवश्यक भए फौजदारी संहिताअनुसार पनि जान्छौं ।’

निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रहरीले आफूसँग भएको विज्ञताको उच्चतम सदुपयोग र ‘इमान्दार प्रयास’ गरिरहेको महानिरीक्षक खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment