Comments Add Comment

टेक्सासमा घरबारविहीनलाई कम्बल वितरण 

टेक्सास । एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सास राज्यको ड्यालस वरपर रहेका घरबारविहीनलाई कम्बल वितरण गरेको छ । एचडीएनपी इन्टरनेसनल नामक संस्थाले ड्यालसको फोर्टवर्थ युनिटी पार्कमा ३ सय ७४ कम्बल वितरण गरेको हो । यो संस्थाले असहाय, घरबारविहीन र मागेर जीविकोपार्जन गर्दै आएका गरिव समुदायलाई त्रैमासिक रुपमा खाना खुवाउँदै आएको थियो ।
 
अमेरिकामा जाडो बढ्दै गरेको अवस्थालाई मध्यनजर गर्दै एचडीएनपी इन्टरनेसनलले क्रिसमसको संघारमा कम्बल वितरण गरेको हो । एचडीएनपी इन्टरनेसनलका संस्थापक देवी डेविड आचार्यले यो मानवीय कार्यमा सहयोग गर्ने विशेष प्रोजपेरिटी बैंकका ब्रेट, बाल जोशी तथा बासु भण्डारी लगायत युवा कार्यकमका संयोजक श्रीयम जोशीलगायत स्वयम् सेवक तथा सबैमा धन्यवाद दिएका छन् । 
 
उक्त कम्बल वितरण गर्नेहरुमा श्रीयम जोशी स्वयम संयोजक रहेका थिए । उनले १ सय १५, डा. विष्णु उपाध्यायले ३०, किम्बर्ले फ्रीटज प्याट्रिकले ७५, पुण्य फाउनडेसनले ४०, नरेशराज पाण्डेले २०, ड्यालस फिलिपिनो लाइन्स क्लबले २, श्री सत्य साइ केन्द्रले १०, संगीता स्थापितले १०, सबिना श्रेष्ठले ५, विष्णु गुरुङले ५, जेरेमिहा ड्रीग्गरले ५ तथा एचडीएनपी टोलीले ५९ वटा कम्बल वितरण गरेको थियो । 
 
यसैगरी यो संस्थाको शाखा रहेको नेपालले पनि हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवारविहीन तथा जेष्ठ नागरिकहरुलाई सहयोग प्रदान गर्दै आएको छ ।
 
टेक्सास राज्यको ड्यालसमा स्थापना भएको एचडीएनपी इन्टरनेसनलले स्थापनाकालदेखि नै घरबाहरविहीन मानिसहरुलाई त्रैमासिक रुपमा खाना खुवाउने कामलाई निरन्तरता दिएको छ । संस्थाले समाज सेवाको साथै उनीहरुको लागि स्वास्थ्य, शिक्षा र जिविकोपार्जन गर्नेदेखि सशक्तिकरणको काम पनि गरिरहेको छ ।
 
हेल्प फर डेस्पेरेट एण्ड निडी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल) अमेरिकी सरकारको मुनाफारहित सामाजिक संस्थामा दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment