Comments Add Comment

फिल्म गर्ने चर्चा चलिरहँदा धिरज–जसिता एउटै फ्रेममा

नायिका जसिता गुरुङ र नायक धिरज मगरले अभिनय गरेको एउटा चलचित्र मात्र रिलिज भएको छ । तर, पहिलो चलचित्रबाट नै यी दुइले उचाई बटुलेका छन् । यसकारणले पनि यो जोडीलाई लिएर चलचित्र बनाउन निर्माताले सोच बनाउनु नौलो कुरा भएन ।

चलचित्र ‘आई एम ट्वान्टी वान’मा जसितालाई धिरजको जोडी बनाउन यसकी निर्देशक रेनशा वान्तवा राइले अफर गरेको खबर सार्वजनिक भैसकेको छ । रेनशाले त जसिताले काम गर्ने पक्का नै भैसकेको बताएकी थिइन् । तर, यो विचमा धिरज र जसिता पहिले प्रेममा थिए भन्ने खबर पनि सार्वजनिक भएको थियो । जसिता र धिरजको २ बर्ष अगाडि ब्रेकअप भएको खबर सार्वजनिक भएसँगै यो जोडीले एकसाथ काम गर्छ या गर्दैन भन्ने चर्चा पनि सुरु भएको छ ।

यो विचमा यो जोडी लण्डनमा एकसाथ देखिएको छ । चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को लण्डन शोमा धिरज र जसिता एउटै फ्रेममा देखिएका छन् । पूर्व प्रेम जोडी एउटै फ्रेममा देखिदा यी दुइले एकसाथ चलचित्र गर्न राजी भएको हुनुपर्छ भन्ने अड्कललाई मसला मिलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment