Comments Add Comment

१६ वर्षकी किशोरीको कपाल कति लामो ? बनाइन् विश्व कीर्तिमान (भिडियोसहित)

आफ्नो लामो कपालका कारण भारतको गुजराँतकी एकजना किशोरीले विश्व कीर्तिमान कायम गरेकी छिन् ।

१६ वर्षकी निलांशी पटेलको कपालको लम्बाई ५ फुट ७ इन्च रहेको छ । योसँगै उनी विश्वमा सबैभन्दा लामो कपाल भएकी किशोरीको रुपमा गिनिज बुकमा दर्ज भएकी छिन् ।

१० वर्षअघि निलांशीले एउटा फैसला गरेकी थिइन्,जसले उनलाई यो कीर्तिमानमा पुर्याएको हो ।

१० वर्षअघि उनले कपाल कटाएकी थिइन् । त्यसरी कपाल काट्दा उनको कपाल निकै कुरुप देखिएको थियो । त्यसपछि उनले कहिल्यै पनि कपाल नकाट्ने फैसला गरिन् । उनले आफ्नो कपालको टुप्पाहरु कत्ति पनि काटिनन् । अन्ततः उनको कपाल अहिले ५ फुट ७ इन्च लामो बनेको छ ।

निलांशीलाई उनका साथीहरुले रापुन्जेल भनेर चिन्दछन् । उनले आफ्नो कपाल हप्तामा एकदिन मात्र धुन्छिन् । धोएको कपाल सुकाउन आधा घण्टा लाग्दछ । उनकी आमाले उनको कपाल सम्हाल्न सहयोग गर्दछिन् । कपाल कोरीबाटी गर्न एक घण्टा लाग्दछ ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment