Comments Add Comment

देशभर ६०२ स्थानमा प्रहरीको नियमित चेकिङ

१० पुस, काठमाडौं । मुलुकभर दैनिक ६ सय २ स्थानमा नियमित चेकिङ हुने गरेको नेपाल प्रहरीले जनाएको छ ।

सोमबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गरेको पत्रकार सम्मेलनमा शान्ति सुरक्षाको अवस्थाबारे जानकारी दिँदै उनले यो संख्या सार्वजनिक गरेका हुन् ।

खनालका अनुसार नियमित जाँचका लागि ३ हजार ४२ जना प्रहरी अधिकारी खटिएका छन् । त्यस्तै, पिकेट ड्यूटीमा ६ हजार ४ सय २ जना खटिएका छन् । सवारी गस्तीमा ४ हजार ४ सय ३ जना खटिने खनालको भनाइ छ ।

उनका अनुसार कार्यक्रम र निवासको सुरक्षामा १ हजार २ सय ५७ जना अधिकारी खटिन्छन् भने पीएसओ मात्रै १ सय ७९ जना खटिने गरेका छन् ।

त्यस्तै, स्कटिङमा ५ सय ६३ जना खटिन्छन् भने महत्वपूर्-ा प्रतिष्ठानको सुरक्षामा २ हजार ३ सय ४४ जना खटिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment