Comments Add Comment

आमिर भन्छन्–‘गोल स्पष्ट भएको र दर्शक वाध्ने कथा उत्कृष्ट’

भलै, नायक आमिर खान अभिनित चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ बक्स अफिसमा चम्कन सकेन । तर, बलिउडका चर्चित नायक आमिर खानलाई भने यसले खासै फरक पारेको छैन । आमिर खान राम्रो कथामा चलचित्र खेल्ने नायकको रुपमा चिनिन्छन् ।

हालै एक कार्यक्रममा आफने भनाई राख्ने क्रममा आमिरले चलचित्र खेल्नु अगाडि कथावस्तु फाइनल गर्ने बताएका छन् । उनले भने–‘म कुनै पनि चलचित्रमा काम गर्ने वा नगर्ने भन्ने निर्णय गर्नु अगाडि कथा हेर्छु । चलचित्रमा कलाकार र प्राविधिक पनि हुन्छन्, तर यो कथासँग जोडिएको हुन्छ । चलचित्र लेखक नै कुनै चलचित्रको मुख्य पाटो हो ।’

आमिरले अगाडि भने–‘म कथामा कुनै पात्र खोज्छु । जब कुनै पात्र कल्पनामा वा वास्तविकतामा सोचेर लेखिन्छ, त्यो पात्रको गोल स्पष्ट हुन आवश्यक छ । जब, कुनै कथाको पुरा अवधी दर्शकलाई वाध्ने र रमाइलो दिने खालको हुन्छ, त्यसलाई राम्रो कथा भनिन्छ ।’

आमिर खानले अभिनय गरेका ‘थ्री इडियट्स, पीके, दंगाल’ लगायतका चलचित्रको कथावस्तुको हिसाबले पनि तारिफ भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment