Comments Add Comment

अमेरिका बस्ने हिन्दू नेपालीले पनि मनाए क्रिसमस

वाशिङ्गटन । अमेरिकामा बसोबास गर्ने नेपालीले धुमधामका साथ क्रिसमस अर्थात् ईसाई पर्व मनाएका छन् । अमेरिका आएका नेपालीहरुमध्ये ईसाई धर्म अपनाउनेले मात्र नभई हिन्दु धर्मावलम्बीहरुले पनि उत्साहपूर्वक क्रिसमस मनाएका छन् ।

क्रिसमस मात्र नभई अमेरिकामा रहेका सबैजसो चाडपर्वहरु पनि नेपाली समुदायले मनाउने गरेका छन् । जस्तो देश उस्तै भेष भने झैँ श्रद्धापूर्वक चाडपर्वहरुमा नेपालीहरु पनि रमाउन थालेका छन् । यसको साथै दशैं, तिहार, तिज, नयाँ वर्ष, छठ, नेपाल सम्बत, ल्होछार आदि आफ्ना मौलिक चाडपर्वहरु उतिकै श्रद्धा तथा भक्तिका साथ नेपालीहरुले मनाउँदै आइरहेका छन् । आफ्ना छोराछोरीलाई आफ्ना संस्कृति, चाडपर्व ,भाषा परम्परालाई उत्तिकै उच्च प्राथमिकताको अभिभावकले सिकाई रहेका छन् ।

यसको साथै नेपाली समुदायको जनघनत्व ९० को दशकदेखि नै बिजगणतीय रुपमा वृद्धि हुदै गएको र तीन पुस्ते समेत जम्मा हुन् थालेकाले अमेरिकामा मनाइने चाडपर्व मध्ये क्रिसमसलाई पनि महत्वका साथ मनाएका समाचार छ ।

मिठा खानाका परिकार बनाएर खाने र ठाउँ ठाउँमा सजावट गरिएका स्थानहरुमा परिवार सहित घुमघाम गर्ने समेत गरिन्छ । नेपाली समुदायले क्रिसमसमा आफ्ना साथीभाइ, आफन्त, परिवारबीच शुभकामनापत्र आदान प्रदान समेत गरेका छन् ।

अमेरिकामा नेपाली समुदायका अमेरिकामा जन्मेका दोश्रा पुस्ताका सन्तानहरु पनि बढ्न थालेकाले उनीहरुलाई साथ दिन यो पर्व मनाउने क्रम वृद्धि हुँदै गएको छ । क्रिसमसको अघिल्लो दिनदेखि नै आफन्त, साथीभाइ, इष्टमित्र, परिवार सँग बसेर रमाइलो गरेका छन् ।

साथै उपहार कोसेली लिएर जाने र खाना खाने-खुवाउने समेत गरेका समाचार प्राप्त भएको छ । यसैगरी नेपाली समुदायले समेतले पनि विभिन्न प्रकारका उपहार आदानप्रदान गरेका छन् । यसैगरी तिहारको बेलामा जस्तै घर झिलिमिली बनाउने, सिंगार्ने, सफा सुग्घर बनाउने समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment