Comments Add Comment

कर्णदासको ‘तिमी टाढा’मा साराको रोमान्टिक अवतार

नायिका सारा सिर्पालीलाई निकै आकर्षक देखाउँदै निर्देशक बसन्त निरौलाले एक म्यूजिक भिडियो तयार पारेका छन् । कर्ण दास र प्रश्ना शाक्यको आवाजमा समावेश ‘तिमी टाढा कता कता’ बोलको गीतमा साराको रोमान्टिक अवतारले दर्शकलाई लोभ्याउन सक्छ ।

भिडियोमा साराको साथमा विजय कार्कीले मोडलिङ गरेका छन् । गीतमा किशोर दत्त बरालको शब्द, कर्ण दासको संगीत छ । दिव्य सुवेदीको छायांकनमा तयार भएको यो गीतको भिडियोमा पवित्रा आचार्यको कोरियोग्राफी छ ।

सुप्रिल पराजुलीले भिडियोको सम्पादन गरेका हुन् । भिडियोलाई नेपालको रमणिय स्थान मनाङमा खिचिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment