Comments Add Comment

घलेम्दी हाइड्रोले आईपीओ जारी गर्दै

११ पुस, काठमाडौं । म्याग्दीमा रहेको घलेम्दी हाइड्रो पावर प्रालिले १५ करोड भन्दा बढीको साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आगामी १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको चार मेगावट क्षमताको आयोजनाले १५ करोड ५५ लाख ७७ हजार बराबरको आईपीओका लागि पुस १९ देखि छिटोमा २३ र ढिलोमा माग १८ सम्म आईपीओका लागि आवेदन खुलाउने छ ।

केही समय अघि आयोजना प्रभावित म्याग्दीवासीका लागि साधारण सेयर बिक्री गरेको आयोजनाले अब अन्य सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक भिवोर क्यापिटल लिमिटेड रहेको छ । घलेम्दी हाइड्रो पावरले गत असार २२ गतेदेखि साउन २२ गतेसम्म आयोजना प्रभावित स्थानीयका लागि पाँच लाख ५० हजार कित्ता बराबरको साधारण सेयर बिक्रीका लागि खुला गरेकोे थियो । तर, जम्मा ९४ हजार २ सय ३० कित्ता मात्रै बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment