Comments Add Comment

पत्थ्थरी भएमा के खाने, के नखाने ? डा. हेमराज कोइरालाको सुझाब

डा. हेमराज कोइराला

मिर्गौलामा उत्पन्न हुने विविध समस्यामध्ये पत्थरी पनि एउटा हो । अव्यवस्थित जीवनशैली र खानपानका कारण मिर्गौलामा पत्थरी हुने गर्छ । त्यसैले सही खानपानले पनि यस्तो पत्थरीबाट बच्न सकिन्छ । तर, पत्थरी बढ्दै गइसकेको अवस्थामा भने औषधी वा शल्यक्रिया गर्नुको विकल्प हुादैन ।

के खाने ?

पानी

पत्थरी भएका व्यक्तिले साविकको भन्दा बढी पानी पिउनु जरुरी हुन्छ । बढी पानी पिउदा पिसाबको मात्रा पनि बढ्छ । र, यसले मिर्गौलामा बनेको पत्थरलाईं बगाएर फ्याक्न मद्दत गर्छ ।

नरिवलको पानी

पत्थरी भएमा नरिवल पानी निकै लाभदायक मानिन्छ । नरिवलको पानीमा पत्थर बन्न रोक्ने र बढ्न नदिने गुण हुन्छ । यति मात्रा नभएर बनिसकेको पत्थरलाई समेत हटाउने विशेष रसायन नरिवलको पानीमा हुन्छ । यसमा प्रशस्त प्राकृतिक पोटासियम पाइने भएकाले यसले मिर्गौलामा पत्थरी बन्ने प्रक्रियालाई रोक्ने काम गर्छ ।

हरियो मकैको चिया

पत्थरी भएका मानिसले हरियो मकैको चिया पिउादा पनि फाइदा हुन्छ । यस्तो मकैमा प्रोटीन, कार्बोहाइड्रेट्स, भिटामिन र मिनिरल्सको मात्रा प्रशस्त हुन्छ । जसले मूत्र उत्सर्जनलाई पनि बढाउने काम गर्छ । त्यस्तै, यो चियामा टाट्रेट्स नामक तत्व पनि हुन्छ । जसले पत्थरी बन्ने क्रियालाई रोक्ने काम गर्छ । मकैको चियाले मिर्गौलाको इन्फेक्सन कम गर्न र मुत्रथैलीलाई शसक्त बनाउनको लागि पनि पद्दत गर्छ ।

जौको मााड

कहिल्यै जौलाई माडको रुपमा सेवन गर्नु भएको छ ? यदि तपाईंमा मिर्गौलासम्बन्धि समस्या छ भने आजैदेखि यसको सेवन गर्न सक्नुहुन्छ । यसले मुत्र-प्रवाहलाई बढाउनुका साथै मिर्गौला तथा मुत्रमार्गको संक्रमणबाट पनि बचाउने काम गर्छ ।

भुईकटहरको जुस

भुई कटहरको जुसले पनि पत्थरीको बिरामीलाई राहत मिल्छ । यसमा पत्थरीलाई गाल्ने इञ्जाइम हुन्छन् । जसले पÞmाइबि्रनलाई तोड्न मद्दत पुर्‍याउाछ ।

केरा

तपाईलाई थाहा नहुन सक्छ कि पत्थरीका बिरामीलाई केराले पनि फाइदा पुर्‍याउने गर्छ । केरामा भिटामिन-बी ६ पाइन्छ । जसले अक्जलिक एसिडलाई तोडेर आक्जेलेट क्रिस्टल बन्नबाट बचाउाछ । जसले गर्दा पत्थरीको समस्याले भयावह रुप लिन पाउादैन ।

बदाम

जाडो महिनामा बदामको अत्यधिक प्रयोग गरिन्छ । यसले स्वास्थ्यमा निकै फाइदा पुर्‍याउाछ । मिर्गौलामा पत्थरी पीडितको लागि पनि यो उत्तिकै लाभदायक मानिन्छ । बदाममा म्याग्नेसियम र पोटासियमको मात्रा प्रशस्त हुन्छ । जसले मिर्गौलामा पत्थरी बन्न दिादैन ।

कागती

कागती भिटामिन सीको निकै राम्रो स्रोत हो । यसबाट सिट्रेट नामक तत्व पनि प्रशस्त मात्रामा पाइन्छ । जुन अम्लले क्याल्सियम अक्जलेट पत्थरी हुनबाट बचाउने काम गर्छ ।

गहतको झोल

गहतले पत्थरी रोग नियन्त्रणको लागि निकै महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसलाई उत्तम औषधीको रुपमा लिादा पनि फरक पर्दैन । यसले पत्थरी हुन नदिनुका साथै भएको पत्थरीलाई पनि गलाउनेे काम गर्छ । जसले गर्दा मिर्गौलामा बनेको पत्थरी सहजै बाहिरिन्छ ।

गाजर

गाजरबाट पायरोफा स्फेट र वनस्पतीय अम्ल प्राप्त हुन्छ । यसले पनि पत्थरी बन्ने प्रक्रियालाई रोक्ने काम गर्छ । यसका साथै गाजरमा पाइने केरोटिन नामक पदार्थले मूत्रनलीमा हुने घाउ निको पार्नको लागि पनि मद्दत पुर्‍याउाछ ।

यस्ता खानेकुराबाट बच्नुस्

– पत्थरीका विरामीले तरकारीमा पालुंगोको साग, गोलभेडाको प्रयोग गर्नु हुादैन । त्यस्तै फलफुलमा अमला, कालो अंगुर, कााक्रोको पनि सेवन गर्नु हुादैन । यस्ता फलमा अक्जलेटको मात्रा बढि हुन्छ । जसले क्याल्सियमसाग मिलेर क्याल्सियम अक्जालेट क्रिस्टल बनाउन सहयोग गर्छ ।

– त्यस्तै यस्ता विरामीले फूल गोभी, भान्टा, च्याउ, फर्सीजस्ता खाद्यपदार्थबाट पनि दुरी बढाउनुपर्छ । यस्ता खाद्यपदार्थमा युरिक एसिड बनाउने प्यूरिन न्यूक्लियोटाइडको मात्रा प्रशस्त हुन्छ । जसले अक्जलेटको क्रिस्टल बनाउाछ र पत्थरीको समस्या उत्पन्न हुन्छ ।

(डा. कोइराला योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालय चितवनका चिकित्सक हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment