Comments Add Comment

टाटा मोटर्स् र सिप्रदी अटोपार्टसद्वारा ‘टाटा गुरु भेला’ सम्पन्न

१० पुस, काठमाडौं । टाटा मोटर्स् र सिप्रदी अटोपार्टसद्वारा हालैमात्र टाटा गुरु कार्यक्रम सम्पन्न भएको छ ।

पोखरामा आयोजित उक्त कार्यक्रममा जनकपुर देखि महेन्द्रनगर र पोखरा सम्म गरी करीब १२० भन्दा धेरै टाटा गुरुहरुको उपस्थिति रहेको थियो ।

सिप्रदी अटोपार्टसले टाटा गुरुहरुलाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा गरिएको कार्यविवरण, आगामी दिनमा टाटा गुरुको क्षेत्रमा ल्याईने विबिध कार्यक्रमहरुको जानकारी गराएको छ ।

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन वावु श्रेष्ठले भने, ‘गा्रहकलाई फाईदा गराएर मात्र हमीलाई फाईदा हुन सक्छ भन्ने विश्वासलाई केन्द्रविन्दुमा राखेर अघि वढेको सिप्रदी टाटा गुरुको सहयोगले कुनै पनि टाटा गाडि विग्रीएको अधिकतम ४ घण्टाभित्रमा वनाइसक्ने आगामी योजनामा टाटा गुरुहरुको सहयोगको अपेक्षा रहेको र टाटागुरुलाई सक्षम वनाउन कुनै तरहको पनि सहयोग गर्न आफु तत्पर रहको बताए ।

टाटाका गाडिलाई टाटा नै सहि टाटा गुरुलाई टाटा जेन्यून पार्टस नै सहि भन्दै टाटा गुरुलाई सिप्रदी अटो पार्टस्को पूर्णरुपमा सहयोग रहने र गुरुवाट पनि सहयोगको अपेक्षा रहेको सिप्रदी अटो पार्टसका महाप्रवन्धक युवराज वुढाथोकीले वताए ।

अटो मेकानिक्स व्यवसायी महासंघका उपाध्यक्ष गोपाल भटराईले मेकानिकको हितमा ल्याईएको “टाटा गुरु कार्यक्रम “ पहिलो र उत्कृष्ट रहेको धारणा व्यक्त गरे ।

त्यसै गरी अटोमेकानिक्स महासघंका माहासचिव ठाकुर प्रसाद न्यौपानैले आफ्ना भनाईहरु राख्दै हाम्रा सघंसस्था नपुगेका ठाउमा सिप्रदीपुगेर तालिमका कार्यक्रम संचालन गरीकन हाम्रा अटो मेकानिक्सहरुलाइ सक्षम वनाउन खेलेको भुमिकाको प्रसंसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment