Comments Add Comment

माओजयन्तीमा प्रचण्डको बिरालो बँधाइ !

११ पुस, काठमाडौं । नेकपा नेता प्रचण्डले विगतमा हरेक डिसेम्बर २६ मा माओजयन्तीका अवसरमा कम्तिमा दुई पृष्ठ लामो प्रेस विज्ञप्ति जारी गर्ने गरेका थिए । उनको सो विज्ञप्तिमा चिनियाँ नेता माओका योगदानहरुको व्याख्या गरिएको हुन्थ्यो ।

जनयुद्ध छाडेर शान्ति प्रक्रियामा आएपछि माओ जयन्तीमा जारी हुने प्रचण्डको विज्ञप्ति छोटो हुन थाल्यो । अन्ततः नेकपा एमालेसँग पार्टी एकता गरेपछि प्रचण्डले माओवाद छाडिदिए । र, आफ्नो पार्टीको पथ प्रदर्शक सिद्धान्त मार्क्सवाद लेनिनवाद मात्रै रहने एमालेको लाइन स्वीकार गरे ।

तर, माओवादलाई नमान्ने ठाउँमा पुगिसकेपछि पनि प्रचण्डलाई माओको ‘ह्याङ्गओभर’ ले चाहिँ अझैसम्म छाडेको छैन । यही क्रममा पुष ११ गते उनले बिरालो बाँध्ने नेपाली आहानजस्तै माओको सम्झनामा अति छोटो विज्ञिप्ति जारी गरेका छन् ।

पूर्वमाओवादी कमाण्डरले माओ जयन्तीका अवसरमा जारी गरेको यो वक्तव्य अहिलेसम्मकै सबै भन्दा छोटो र ‘फर्मल’ विज्ञप्ति हो । यसमा उनले माओको विचारलाई ‘मार्गदर्शक’ भनेर ‘समृद्ध नेपाल निर्माणका लागि स्मरणीय’ मात्रै बताएका छन् ।

आफ्नो विज्ञप्तिमा प्रचण्डले यतिमात्र भनेका छन्-

‘चिनियाँ नयाँ जनवादी क्रान्तिका महान् नेता कमरेड माओ-त्सेतुङको जन्म दिवसका अवसरमा संसारभरका मुक्तिकामी जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु । कमरेड माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक राष्ट्र चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिको प्रक्रियामा अगाडि बढाउनुभयो । माओले विकास गर्नुभएको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचार समृद्ध नेपाल निर्माणका लागि स्मरणीय छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment