Comments Add Comment

समायोजन अध्यादेशले कर्मचारीको वृत्ति विकास रोकेको छैन : मन्त्री पण्डित

११ पुस, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेशमा कुनै पनि राष्ट्रसेवकको वृत्तिविकासको ढोका बन्द नगरिएको बताएका छन् ।

बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पण्डितले केन्द्र सरकार मातहत रहेका कर्मचारीलाई प्रदेश र स्थानीय तहमा जानुपर्दा मनोवैज्ञानिक त्रासमात्र भएको बताएका हुन् ।

‘कर्मचारी समायोजन अध्यादेशमा कुनै पनि राष्ट्रसेवक कर्मचारीको वृत्तिविकासको ढोका बन्द गरिएको छैन’ उनले भने ‘केन्द्रीय प्रणाली अन्तर्गत रहेका राष्ट्रसेवक कर्मचारी मित्रहरुलाई अब संघीय प्रणालीमा संघ प्रदेश र स्थानीय तहमा जानुपर्ने भएकाले गर्दाखेरि उहाँहरुलाई थोरै मनोवैज्ञानिक प्रभावहरु देखा परेको मात्रै हो ।’

समयमा नै कर्मचारी समायोजन नगर्ने हो भने प्रदेश र स्थानीय तहको विकास निर्माण र सेवा प्रवाह प्रभावित हुने भएकाले अध्यादेश ल्याइएको मन्त्री पण्डितको स्पष्टोक्ति थियो । उनले अध्यादेशको मूलभूत विषयमा छलफल भएको भन्दै राष्ट्रपतिबाट जारी भइसकेको अध्यादेशको हरेक विषयमा छलफल हुनुपर्छ भन्नु ठीक नभएको पनि बताए ।

संसदको हिउँदे अधिवेशनमा संघीय निजामति सेवा ऐन प्रस्तुत हुने र ऐन पारित भएपछि प्रादेशिक निजामति सेवा ऐन र स्थानीय सेवा ऐनको नमुनाको मस्यौदा ल्याउने मन्त्री पण्डितले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment